🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालले जित्यो केन्याविरुद्धको टी–२० श्रृखंला

काठमाडौं, १४ भदौ । केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले टी–२० शृङ्खला जितेको छ । पाँचौँ तथा निर्णायक खेलमा केन्यालाई पराजित गर्दै नेपालले शृङ्खला जितेको हो ।

नेपालले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रनमात्रै बनायो । केन्याका लागि नेहेमिह ओधिआम्बोले ३७ र शेम एनगोचेले ३३ रनको योगदान दिए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र बसिर अहमदले दुई/दुई विकेट लिए ।  

रोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायो ।  नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९, रोहित पौडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।

बलिङतर्फ केन्याका भिराज पटेल, शेम एनगाेचे र नेहेमिह ओधिआम्बोले दुई–दुई विकेट लिए । 

न्युज कारखाना