🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कैलाली ४ बाट नैनसिंह महर सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरलाई मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनतर्फ कैलाली जिल्ला नेपाली कांग्रेसको क्षेत्रीय समिति ४ ले सिफारिस गरेको छ । 

५ वटा निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय समिति क्षेत्र नम्बर ४ को आज बसेको बैठकले महरसहित सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का लागि सिफारिस गरेको हो । 

सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिका यसै ४ नम्बर क्षेत्रमा पर्छ । पूर्वमाओवादीका सुदूरपश्चिम इन्चार्ज तथा हाल नेकपा एमाले केन्द्रीय कमिटी सचिव लेखराज भट्टले यसै क्षेत्रबाट २०६४, २०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका थिए । २०७० सालमा कांग्रेस नेता दीर्घराज भाट विजय भएका थिए । 

नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका महर युवा माझ लोकप्रिय तथा प्रभावशाली मानिन्छन् । पूर्वमन्त्रीसमेत रहेका लेखराज भट्टलाई विजय गराउन सुदूरपश्चिमका १६ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये एमाले अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रलाई आफ्नो प्रतिष्ठाको रूपमा लिएका छन् ।