🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्थानीय निर्वाचन : एमाले यसरी भयो प्रथम 

काठमाडौं । स्थानीय तहको हालसम्म भएको ६ प्रदेशको निर्वाचनमा एमाले एक्लैले ४५ प्रतिशत हिस्सामा विजय हासिल गर्न सफल भएको आंकडा सार्वजनिक भएको छ । संसदमा सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस, तेश्रो ठूलो दल माओवादी केन्द्र मिलेर हराउन खोज्दा समेत एमालेले झण्डै मुलुककै आधा जनताको समर्थन र साथ पाएको निर्वाचनको नतिजाले पुष्टि गरेको छ । स्थानीय तहको निर्वाचनमा नगरप्रमुख र गाउँपालिका अध्यक्ष पदमा बढी स्थान जितेर पहिलो बनेको नेकपा एमालेले समग्रमै स्थानीय तहको सम्पूर्ण पदको ४५ प्रतिशत हिस्सा जित्न सफल भएको हो । पहिलो र दोस्रो चरणमा निर्वाचन सम्पन्न भएको स्थानीय तहको सम्पूर्ण पदमा एमालेले अन्य दललाई उछिनेर पहलो हुन सफल भएको  छ ।
स्थानीय निकायका विभिन्न पदमा २८ हजार ४ सय ९ जना जनप्रतिनिधि निर्वाचित भएमध्ये अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख तथा वडाध्यक्षका ६ हजार ६ सय ८८  पदमध्ये सूर्य ध्वजाबाट २ हजार ९ सय १८ जनाले विजय प्राप्त गरेका छन् ।
एमालेले अध्यक्ष÷प्रमुखमा २ सय ७६ अर्थात ४५ प्रतिशत, उपाध्यक्ष÷उपप्रमुखमा ३ सय १२ अर्थात ५०.६५ प्रतिशत र वडाध्यक्षमा २ हजार ३ सय ४४ अर्थात ४२.७२ प्रतिशत विजय हासिल गरेको छ ।
नेपाली कांग्रेसले अध्यक्ष÷प्रमुखमा २ सय २६ अर्थात ३६.६९ प्रतिशत, उपाध्यक्ष÷उपप्रमुखमा १ सय ८७ अर्थात ३०.१९ प्रतिशत र वडाध्यक्षमा १ हजार ९ सय ४९ अर्थात ३५.६१ प्रतिशतमा विजय भएकोे छ ।
तेस्रो स्थानमा पुगेको माओवादी केन्द्रले अध्यक्ष÷प्रमुखमा ८५ अर्थात १३.६४ प्रतिशत, उपाध्यक्ष÷उपप्रमुखमा ८७ अर्थात १४.१२ प्रतिशत र वडाध्यक्षमा ८ सय ७२ अर्थात १५.९८ प्रतिशत जितेको छ ।
७ सय ४४ स्थानीय तहमध्ये पहिलो र दोस्रो चरणमा गरी ६ सय १८ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । देशभरका कुल ६ हजार ६ सय ८४ मध्ये ५हजार ४ सय ९२ वडामा निर्वाचन भइसकेको छ । सबैतिर जनप्रतिनिधिले काम थालिसकेका छन् ।
ठूला तीन दल एमाले, कांग्रेस र माओवादीले स्थानीय तहमा कुल पदको ९५ प्रतिशत हिस्सा ओगटेका छन् । बाँकी ५ सिटमा राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, लोकतान्त्रिक फोरम, नयाँ शक्ति, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेकपा (माले), परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी तथा स्वतन्त्रसमेतले जितेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय निर्वाचनमा ७३ राजनीतिक दलले भाग लिएकोमा १४ दलले मात्रै जितमा सामेल हुन पाए । आयोगले तयार पारेको नतिजा विवरण संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको गठबन्धनले चौथो स्थान प्राप्त गरेको छ ।
७ सय ४४ स्थानीय तहमा प्रत्यक्ष निर्वाचित हुने पद संख्या ३४ हजार ९ सय ८ छन् । प्रदेश २ को ८ जिल्लाका १ सय २७ स्थानीय तहमा आगामी २०७४द असोज २ गते निर्वाचन हुने छ । पहिलो चरणमा निर्वाचन भएका प्रदेश ३, ४ र ६ का २८३ गाउँपालिका र नगरपालिकाको १३ हजार ५ सय ५६ ले पदबहाली गरेका छन् ।