🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेटवर्किङ ठगीको आरोपमा ईटहरीबाट ६ जना पक्राउ

सुनसरी, २०७९ असोज ०५ गते । नेटवर्किङ ठगीको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले ६ जनालाई पक्राउ गरेको छ । ईटहरी-९ मा Global ORIENS NEPAL Pvt. Ltd. नामक कार्यालय संचालन गरी हप्तामा १०-१२ हजार सम्म कमाई हुने काम पाईन्छ भनि सर्वसाधरणलाई बोलाई यसको सदस्य बने धेरै लाभ प्राप्त हुने र विभिन्न देश घुम्न पाइने भनि प्रलोभनमा पारी सदस्यता दस्तुर लिई सदस्य बनाई गिराेह नै पक्राउ परेका छन् ।
 
 
   नेटवर्किङ (संजाल) निर्माण गरेर सर्वसाधारणबाट रकम असुली गरी ठगि गरिरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संग्लग्न ६ जनालाई पक्राउ गरेको छ ।
 
 
पक्राउ पर्नेहरुमा मोरङको मिक्लाजुङ गाउँपालिका- १ की ससिता राई, सुन्दरहरैचा – ७ बस्ने संजिव माझी ,ग्रामथान – ३ का विक्रम माझि, कटहरी – ६ का पंकज कुमार साह, अरुण मुडयारी र विर्तामोड – १० का पदम राई रहेका छन् ।
 
 
निजहरुको अफिसबाट प्रहरीले कम्प्युटर,ल्यापटप,मोबाईलफोन,बिभिन्न ब्यक्तिको फोटो,नागरीकता सहितको सम्झौतापत्र, Global ORIENS NEPAL लेखेको टिकट,बिल,छाप,मेडल,प्रमाण पत्र,ईजाजत पत्र,व्यवसायी दर्ता प्रमाण पत्र, Dargelling, Dubai, Singpor, Bangkok tour achiver लेखेको बिभिन्न व्यानरहरु, Golbal IME Bank को फ्रेम गरेको चेक ३ थान ,ORI floor cleaner ,skinvita, hair style, tulsi drops, winter cherry लगायतका सामानहरू बरामद गरेको छ ।
 
पक्राउ परेका उनीहरुको सम्बन्धमा नेटवर्किङ ठगी सम्बन्धी मुद्दामा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।