🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

को बन्न पाउँछन् अस्थायी मतदाता ?

काठमाडौं, १० असोज । निर्वाचन आयोगले अस्थायी मतदाताको नामावली संकलन गरिरहेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा मतदान गनए पाउने गरी आयोगले अस्थायी मतदाताको नामावली संकलन गरेको हो । 

को हुन पाउँछन् अस्थायी मतदाता ?

अस्थायी मतदातामा नामावली हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ । 

अस्थायी मतदातामा को पर्छन् ?

१. नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी ।

२ ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी ।

३. कारागारमा रहेका थुनुवा वा कैदी ।

४. नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिई सञ्चालन र्भको वृद्धाश्रममा बसेका व्यक्ति ।

५. निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी  ।
 

न्युज कारखाना