🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुनको आयात ५० प्रतिशतले घट्याे, दुई महिनामा करिब ४४ हजार तोला सुन आयात

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा करिब ४४ हजार तोला सुन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा ४३ हजार ४३ हजार ८२५ तोला सुन नेपाल भित्रिएको हाे ।

गत आर्थिक वर्षको पहिलो दुई महिनामा एक लाख चार हजार २०२ तोला सुन आयात भएकोमा यस वर्ष सुनको आयात निकै घटेको छ । गत वर्षको तुलनामा सुनको आयात ५० प्रतिशतभन्दा धेरैले घटेको छ ।

गत साउनमा बैंकहरूले कुल एक अर्ब ४८ करोड २७ लाख रुपैयाँको सुन आयात गरेका थिए भने भदौमा दुई अर्ब १६ करोड ७६ लाख रुपैयाँ बराबरको सुन आयात गरेका छन् । गत आर्थिक वर्षको यो दुई महिनामा बैंकहरूले आठ अर्ब ३५ करोड रुपैयाँको सुन आयात गरेका थिए।