🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मेयर विद्या ! किन भयो सभागृहको बेहाल ? 

काठमाडौ । काठमाडौं महानगरपालिकाको मातहतमा सञ्चालन रहेको राष्ट्रिय सभागृह सार्क शिखर सम्मेलन पश्चात विस्तारै कुरुप बन्न थालेको छ । राजधानीमा अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालन गर्ने ठाउँ अभाव भइरहेको बेला सार्क शिखर सम्मेलनका लागि नेपाल सरकारले करीब २२ करोड रुपैयाँ खर्च गरेर सभागृहलाई अत्याधुनिक बनाएको थियो । तर, बाँदरको हातमा नरिवल भने झै काठमाडौं महानगरपालिकाले त्यसलाई व्यवस्थित गर्न नसक्दा लथालि¨, भताभु¨ र कुरुप बन्दै गईरहेको छ  । 
सार्क शिखर सम्मेलन पछि राष्ट्रिय सभागृहमा सरकारी र अन्तर्राष्ट्रिय संघ÷संस्थाका कार्यक्रम बाहेक कुनै पनि कार्यक्रम सञ्चालन गर्न नदिने सरकारी निर्णयलाई लत्याउंदै काठमाडौं महानगरपालिकाले मनलाग्दी किसिमले कार्यक्रम सञ्चालन गरिरहेको थाहा भएको छ । २०७४ भदौ २ गते शुक्रबार मात्र राष्ट्रिय सभागृहमा एउटा मार्केटिङ कम्पनीको तीज कार्यक्रम गर्न दिइएको थियो । 
काठमाडौं महानगरपालिकाले सरकारी नियम लतयाउंदै जस्तो पायो त्यस्तै कार्यक्रम सञ्चालन गर्न दिंदा २२ करोड रुपैयाँ खर्च गरेर मर्मत सम्भार गरिएको सभागृह ध्वस्त हुन थालिसकेको छ । सभागृहभित्रका कुर्सीहरू भाँचिईसकेका छन् भने विशिष्ट व्यक्तिका लागि बनाइएको आराम कक्षदेखि भीआईपी बाथरुप पनि ध्वस्त भईसकेको खबर छ । 
राष्ट्रिय सभागृह प्रवेश गर्ने जो कोहीले पनि बाहिरबाट हेर्दा जति उत्कृष्ट देखिन्छ भित्र प्रवेश गरेपछि त्यसको कुरुपता झन् प्रष्टसंग देखिन्छ । सार्क सम्मेलन सकिएपछि नेपाल प्रहरीले सुरक्षा दिंदै आएको राष्ट्रिय सभागृह काठमाडौं महानगर आफैले हेर्ने भनिएपछि त्यहाँभित्र बाथरुपमा रहेका मूल्यवान धाराका टुटीदेखि महंगा महंगा बत्ति समेत हराईसकेका छन् । 
 काठमाडौं महानगरपालिका प्रशासन विभागको निर्देशनमा जस्तो पनि कार्यक्रम सञ्चालन गर्न दिएर सभागृह ध्वस्त बनाएर फेरि भवन सम्भारका नाममा फेरि करोडौं रुपैयँँ कुम्ल्याउन केही कर्मचारीहरू लागिरहेको सभागृहकै कर्मचारीहरू बताउँछन् । सभागृहकी प्रमुख सञ्जुमा महर्जन विगतदेखि कम्प्यूटर अपरेटरका रुपमा काम गर्दै आएको भएपनि अहिले पानी बढुवामार्फत अधिकृत भए पश्चात उनैलाई सभागृहको प्रमुख बनाएपछि सभागृह झन ध्वस्त हुन पुगेको थाहा भएको छ । स्थानीय कार्यक्रम गर्न प्रतिबन्धित गरिएको सभागृहमा तीजको कार्यक्रम गरिएको विषयमा सञ्जुमा महर्जनले प्रशासन विभागको निर्देशनमा आफूले कार्यक्रम स्वीकृत दिनु परेको बताउने गरेकी छिन् ।