काठमाडौं । काठमाडौं २ को चुनाव क्षेत्रमा १५ वर्षपछि माओवादी केन्द्र चुनावी प्रतिस्पर्धामा रहेको छ । कांग्रेस र एकीकृत समाजावदीको बैशाखी टेकेर काठमाडौं २ मा उत्रेकाे माओवादीले चुनावी परिणाम निकाल्न खोजेको छ ।
२०६४ सालको संविधान सभा चुनावमा माओवादीले रोल्पाली नेता झक्कुु सुवेदी उम्मेदवार थिए । उनले एमालेका तत्कालीन महासचिव माधव नेपाललाई नै पराजित गरेर चर्चामा आएका थिए ।
रोल्पाली नेता सुवेदीले काठमाडौं २ मा दिएको धोकाका कारण अहिले अर्को रोल्पाली नेता ओनसरीलाई समस्या परेको हाे । यसले गर्दा ओनसरीको माहोल बिग्रिन थालेको छ । माअोवादीले काठमाडौंका उम्मेदवा रहर ‘प्यारासुट’ गरेर ल्याएपछि माओवादीभित्र मात्र होइन, मतदाता समेत असन्तुष्ट देखिएका छन् ।
त्यतिबेलाको ५ वर्ष काठमाडौंका यो क्षेत्रमा बासिन्दाका लागि विर्सनलायक समय थियो । सुवेदी न यो क्षेत्रमा कहिल्यै गए न केही विकासे योजना नै लगे । तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित सभासद् झक्कु सुवेदीलाई १९ वैशाख २०६८ प्रेमराज देवकोटाले तीनकुनेमा झापड हानेका थिए ।
यस्तै कारणले काठमाडौं २ को चुनाव क्षेत्रका जनता माओवादी केन्द्रप्रति आकर्षित हुन सकेका छैनन् मा हाेइन चावहिल, जाेरपाटी साँखु सडककाे बेहालका कारण माधव कुमार नेपाल उनकाे दल एकीकृत समाजवादी मतदाता रूष्ट रहेकाे बताइन्छ ।
माओवादी केन्द्रबाट निर्वाचित सभासद् झक्कु सुवेदी त काठमाडौं २ को चुनाव क्षेत्रमा मुख देखाउन नसक्ने भएकै कारण यो क्षेत्रमा गएका छैनन् । २०७४ को चुनावमा वाम गठबन्धन बन्दा पनि सुवेदी भागेर काठमाडौं ६ को उम्मेदवार भए ।
यो क्षेत्र पनि विर्सनलायक हुने गरी सुवेदी पराजित भए । त्यसपछि गुमनाम भएका सुवेदी चुनावको बेलामा भने माओवादी सलबलाउँछन् ।
माओवादी केन्द्रका लागि मरूभूमि सरह रहेकाे काठमाडाैंमा अहिले फेरि ३ वटा क्षेत्रमा माओवादी केन्द्र सलबलाउन थालेपछि सुवेदीलाई काठमाडौ २ नम्बर क्षेत्रमा भने प्रवेश निषेध गरिएको स्राेत बताउछ । चुनाव जितेर एकचोटी पनि ठूलो योजनासहित नफर्केका माओवादी केन्द्रका नेता सुवेदीकै कारण अहिले ओनसरी घर्तिलाई असर पारेको खबर छ ।
त्यतिबेला माओवादीलाई जिताएर धोका पाएको भन्दै काठमाडाैं २ निर्वाचन क्षेत्रका स्थानीय अहिले ओनसरीमाथि खनिन थालेका छन् । त्यसैले रोल्पाली नेता सुवेदीले काठमाडौं २ मा दिएको धोकाका कारण अहिले अर्को रोल्पाली नेता ओनसरीलाई समस्या परेको हाे । यसले गर्दा ओनसरीको माहोल बिग्रिन थालेको छ । माअोवादीले काठमाडौंका उम्मेदवा रहर ‘प्यारासुट’ गरेर ल्याएपछि माओवादीभित्र मात्र होइन, मतदाता समेत असन्तुष्ट देखिएका छन् ।
यसले काठमाडौंको चुनावी परिणाम नै माओवादीका लागि नमिठो हुन सक्ने खतरा देखिएको छ । ओनसरी आफै पनि यो क्षेत्रका लागि भन्दा पनि रुपन्देही १ का लागि तयारीमा लागेकी थिइन् ।
उनका श्रीमान वर्षमान पुनको जोड बलका कारण चुनावमा आएकी घर्ति माओवादीभित्र अस्वभाविक अवसर पाउने नेतामा पर्छिन । उनीभन्दा सिनियर महिला नेतृहरु जयपुरी घर्ति, पूर्ण सुवेदीहरु अवसरबाट वञ्चित हुने गरेका छन् ।
अहिले पनि जयपुरी घर्तिलाई माअोवादीले किनारा लगाएको भन्दै गुनासाे पनि गर्ने गरेका छन् । निर्वाचनकाे समयमा मतदाता समक्ष अनेक सपना बाँड्ने त्यसपछि वेपत्ता हुने माओवादी केन्द्रका लागि फेरि पनि मरूभूमिमा परिणत हुने खतरा रहेकाे मतदाताहरू चर्चा गर्दछन् ।



