🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गठबन्धनको उम्मेदवार जोसुकै भए पनि तरुण दलले जिताउँछ : विद्वान गुरुङ

नवलपरासी, ३ कात्तिक । नेपाल तरुण दल जिल्ला कार्यसमिति नवलपरासीले राखिएको चुनाव लक्षित तरुणसँग अन्तरक्रिया भेलामा बोल्दै तरुण दलका अध्यक्ष विद्वान गुरुङले गठबन्धन उम्मेदवारलाई तरुण दलले जिताउने बताएका छन् ।

कार्यक्रममा सहभागीहरूले तरुण दल अध्यक्ष गुरुङसँग धेरै मत हुँदा हुँदै पनि काङ्ग्रेसले किन सिट पाएन ? चुनावमा तरुण दलको भूमिका के हो ? स्थानीय नेताको भूमिका कस्तो हुनुपर्छ ? लगायतको प्रश्न गरेका थिए ।

ती प्रश्नको उत्तर दिँदै अध्यक्ष गुरुङले अहिलेको गठबन्धनको आवश्यकता र अपरिहार्यताका बारेमा प्रस्ट पारेका थिए । गठबन्धन गर्नुको कारण ओली प्रवृत्तिको अन्त्य गर्नु भएको उनले बताए ।

'मलाई विश्वास छ यो जिल्लाको १ नम्बर क्षेत्रमा उद्योगी विनोद चौधरी एवं २ नम्बर क्षेत्रमा देवेन्द्र राज कडेललाई जिताउन तरुण दल छ । जिल्लामा पार्टीको लुम्बिनी प्रदेश र जिल्ला कमिटी अझैँ जिम्मेवार बनेर लाग्नेमा म विश्वस्त छु,' उनले भने ।

न्युज कारखाना