🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जनमुक्ति सेनालाई बीसौँ महाधिवेशनका मार्गदर्शक सिद्धान्त कार्यान्वयन गर्न सी काे निर्देशन

बेइजिङ, (रासस/सिन्ह्वा) : चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले सीपीसीको २०७९ कात्तिक ६ गते आइतबार सम्पन्न २०औँ राष्ट्रिय महाधिवेशनका मार्गदर्शक सिद्धान्त चीनको राष्ट्रिय सेनामा पनि लागू गरिने बताउनुभएको छ ।

    सीपीसीको महाधिवेशनका मार्गदर्शक सिद्धान्तको अध्ययन, प्रचार र कार्यान्वयन गर्न उहाँले जनमुक्ति सेनालाई कात्तिक ७ गते  निर्देशन दिनुभएको हो ।

जनमुक्ति सेनाको शतवार्षिकीका लागि निर्धारित लक्ष्य हासिल गर्न २०औँ राष्ट्रिय महाधिवेशनका मार्गदर्शक सिद्धान्त कार्यान्वयनमा उहाँले जोड दिनुभएको हो ।

चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले प्रमुख सैन्य अधिकारीहरूको बैठकमा भाग लिँदै उक्त निर्देशन दिनुभएको हो ।