🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

निर्वाचनलाई लक्षित गर्दै सडक मर्मत गरी तयारी अवस्थामा राख्न प्रशासनको आग्रह  

खोटाङ, ११ कात्तिक । आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्ष्यित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले सडक मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न स्थानीय सरकारलाई आग्रह गरेको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समयमा कर्मचारी आवतजावत गर्न, मतदानका सामग्री, मतपेटिका ढुवानी गर्न तथा सुरक्षा संवेदनशीलताको दृष्टिले यातायात व्यवस्था प्रणाली सहज बनाउनका लागि नगरपालिका र गाउँपालिकालाई आग्रह गरेको हो । 

प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले पत्राचार गर्दै निर्वाचनलाई सरल, सहज र सुरक्षित रुपमा सम्पन्न गर्नका लागि आफ्नो क्षेत्रभित्र पर्ने सडक निर्वाचनको बेला सहज रुपमा सञ्चालन हुनेगरी मर्मत सम्भार गर्न आह्वान गरेका छन् ।

‘निर्वाचनलाई सरल, सहज, मर्यादित र सुरक्षित रुपले सम्पन्न गर्न सबैको कर्तव्य तथा दायित्व हुन जान्छ । आसन्न निर्वाचनलाई सरल, सहज र सुरक्षित रुपमा सम्पन्न गर्न जिल्लाभित्रको यातायात व्यवस्था प्रणालीलाई सहज रुपमा सञ्चालन गर्नुपर्ने हुन्छ,’ प्रशासनले पत्रमा भनेको छ,  ‘त्यसैले सदरमुकामबाट हरेक पालिकाको केन्द्र र मतदान केन्द्रसम्म यातायातको सहज पहुँच पुर्‍याउन प्रत्येक पालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सडक निर्वाचनको बेला सहज रुपमा सञ्चालन हुनेगरी मर्मत सम्भार गर्नुपर्ने भए सो गरी तयारी अवस्थामा राख्ने व्यवस्था गर्न अनुरोध छ ।’ 

न्युज कारखाना