🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बल्ल बन्द भयो विराटनगरस्थित भारतको स्थल कार्यालय

काठमाडौँ, ८ जेठ : भारत सरकारले विराटनगरस्थित आफ्नो स्थल कार्यालय (क्याम्प अफिस) बन्द गरेको छ ।

नेपालस्थित भारतीय दूतावासले २०६५ साउनमा कोशी नदीमा भीषण बाढी आएकोे अवस्थामा खोलेको ‘फिल्ड अफिस’को उद्देश्य पूरा भएकाले बन्द गरिएको र त्यहाँका कर्मचारीलाई सरुवा गरिएको भारतीय विदेश मामिला मन्त्रालयका प्रवक्ताले सोमबार जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सो कार्यालय चाँडै हट्ने जनाउँदै आएका  थिए  । नेपालले सो कार्यालय हटाउन पटक पटक आग्रह पनि गर्दै आएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गत वैशाख २८–२९ मा भएको नेपालको राजकीय भ्रमणका अवसरमा सो कार्यालय हटाउने भारत सरकारको निर्णयबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका सो मन्त्रालयले जनाएको छ ।

तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि सो कार्यालय हटाउन कूटनीतिक पहल गरेका थिए ।
–––