🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वर्षाका कारण नेपाल र नामिबियाविचको खेल रद्द

काठमाडौँ, १६ मङ्सिर । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल र घरेलु टोली नामिबियाबीचको खेल वर्षाको कारण रद्द भएको छ । 

नेपालले जितका लागि दिएको एक सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले जवाफी ब्याटिङ गरिरहँदा वर्षाका कारण खेल रोकिएको हो । नामिबियाले चार बलमा चार रन बनाउँदा पानी नरोकिएपछि खेल रद्द भएको हो । 

त्यसअघि नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्ड टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ९७ रनमा समेटिएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ९४ बल खेल्दै सात चौका र दुई छक्काको मद्दतमा ७५ रनको योगदान दिएका हुन् । 

त्यस्तै अर्जुन साउदले र गुलसन झाले समान १८÷१८ रन जोडे भने आसिफ शेखले २० रन बनाए । कप्तान रोहित पौडेल १० रनमा रन आउट भए । कुशल भुर्तेलले १३ तथा सोमपाल कामी १० रनमा आउट भए ।

नामिबियाका टांगेनी लंगामेनीले तीन विकेट लिए भने कार्ल बिरकेनस्टोकले दुई विकेट लिए । त्यस्तै जेरार्ड इरास्मस, बेर्नार्ड शोल्ट्ज र जेजे स्मितले समान एक–एक विकेट लिए । यस खेलसँगै दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन् । यसअघि नेपालले खेलेका २० खेलमा आठमा जित, ११ मा हार र एक खेल बराबरी भएको थियो । उक्त सिरिजमा नेपाल, नामिबिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले दोस्रो खेल यही मङ्सिर १८ गते स्कटल्यान्डसँग खेल्नेछ । —

रासस