🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘एस’का असफल महासचिव भुसालले राष्ट्रिय सभा अध्यक्ष ताकेपछि विरोध चर्कियो !

 एकीकृत समाजवादीका महासचिव एवं राष्ट्रिय सभाका सदस्य वेदुराम भुसालमाथि सांगठानिक काम गर्न नसकको आरोपहरु लाग्न थालेको छ । चुनावी कमाण्डरको रुपमा सशक्त नेतृत्व दिन नसकेकै कारणले पार्टीले थ्रेसहोल्डसमेत कटाउन नसकेर बेइज्जत भएको पार्टीभित्र आवाज उठ्न थालेको जानकारी हुन आएको छ ।

महासचिवको रुपमा कुनै सक्रियता र व्यवस्थापन देखाउन नसकेको र कार्यालयमा जाने र विज्ञप्तिमा हस्ताक्षर गर्नेबाहेक केही काम गर्न नसकेको भन्दै पार्टीलाई गतिशील र क्रियाशील बनाउने हो भने भुसाललाई महासचिवबाट तत्कालै हटाउनुपर्ने आवाज पनि समाजवादीमा उठ्न थालेको स्रोत बताउछ ।

  ससाना कुरामा चित्त दुखाउने सांसद भुसालले उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जारी गर्ने विज्ञप्तिमा समेत पनि हस्ताक्षर गर्न आफै अघि सर्ने गरेको बताइन्छ ।

एमसीसीलगायतका केही विषयमा दोहोरो विज्ञप्ति निकालेर जात्रा भएको थियो । अहिले माओवादी केन्द्रसँग एकताको विषयमा पनि पार्टीभित्र औपचारिक रुपमा कुनै निर्णय नभई भुसालले हतारहतार विज्ञप्ति निकालेर विवाद खडा गरेको आरोप छ ।

 ‘विज्ञप्ति महासचिव’ जस्तोमात्रै देखिएका भुसालले अहिले मन्त्री हुन रहर गरेपछि थप विवाद हुन थालेको स्रोत बताउछ । चुनावको बेलामा जनमत आकर्षित गर्नका असफल महासचिव भुसालले पार्टीलार्ई गतिशील बनाउन नसकेको आरोप पनि लाग्ने गरेको छ ।  तर, एस पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेर जान पाउनु पर्छ भन्ने भुसालको अडानले समाजवादीभित्र विवाद बढेको स्रोतको दावी छ । 

 
 पार्टीमा काम गर्न नसक्ने महासचिवलाई सरकारमा पठाउने हो भने आफूहरु साथमा नरहने सन्देश अध्यक्ष माधव नेपाललाई केही सांसदहरुले दिईसकेको पनि स्रोतको दावी छ ।  मन्त्री पदको रहर गरेका भुसाललाई महासचिवबाट हटाउनै पर्नेमा पुरस्कृत गरेर मन्त्री बनाए अनर्थ हुने समाजवादीका नेताहरुको मत रहेको छ । कतिपयले भने राष्ट्रिय सभाको अध्यक्षमा भुसाललाई लैजानुपर्ने तर्क पनि गरेको स्रोत बताउछ ।

 समाजवादीको भागमा सो पद पर्ने भएकोले सोही स्थानमा व्यवस्थापन गर्न सकिने पनि बताएका बताइन्छ । अध्यक्ष बनाएमा यता पार्टीबाट महासचिव पनि छोड्नुपर्ने भएकोले पार्टीले त्यसपछि नयाँ मान्छे पाएर गतिशील हुने अनुमान गरिरहेका छन् । एमाले वा माओवादीमध्ये एकतिर एकता गर्ने भन्ने चाहिँ समाजवादीका नेताहरुमा प्रायःको मत रहेको बताइन्छ ।