🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यस्तो छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १ पुस । अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। बिहिबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २४ पैसा कायम गरिएको थियो । अघिल्लो दिनको तुलनामा अमेरिकी डलर ४८ पैसाले वृद्धि भएको छ  । 

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय दरअनुसार  युरोपियन युरोमा युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ३२ पैसा र बिक्री दर १४० रुपैयाँ ९६ पैसा तोकिएको छ । अघिल्लो दिन भने यसको  खरिददर १४० रुपैयाँ २९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९३ पैसामा कारोबार भएको थियो ।

अष्ट्रेलियन डलर ९२ पैसाले ओरालो लागेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८९ पैसा तोकिएको छ । अघिल्लो दिन भने यस्को खरिददर ९० रुपैयाँ ४० पैसा र बिक्रीदर ९० रुपैयाँ ८१ पैसामा भएको थियो । 

यता, क्यानेडियन डलर एकको खरिद दर भने ९७ रुपैयाँ ३६ पैसा र बिक्री दर ९७ रुपैयाँ ८० पैसा तोकिएको छ। कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ एक पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा कायम छ। बिहीबार कतारी रियाल खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४ पैसामा कारोबार भएको थियो ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ९१ पैसा र बिक्री दर ३० रुपैयाँ चार पैसा कायम रहेको राष्ट्र बैंकले  जनाएको छ ।

न्युज कारखाना