🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आमाको सपनाले प्रेरित जेम्सको \’अवतार\’

लसएञ्जल्स, १ पुस । जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार–द वे अफ वाटर’ शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आएको छ । सन् २००९ मा रिलिज ‘अवतार’ को दोस्रो सिरिज १३ वर्षपछि प्रदर्शनमा आउन लागेको हो । यो साइन्स फिक्सन फिल्मको रिलिजअघि यसको एडभान्स बुकिङ विश्वव्यापी रुपमा आक्रामक थियो ।

तर, सायद कमैलाई थाहा होला कि ग्राण्ड बजेटमा बनेको यो फिल्म बनाउने सोच जेम्स क्यामरुनलाई उनकी आमामार्फत् आएको थियो ।  उनकी आमाले सपनामा जुन कुरा देखिन्, त्यो कुरा जेम्सलाई सुनाएपछि जेम्स ‘अवतार’ बनाउन प्रेरित भएका थिए । जेम्सकी आमा शर्ली क्यामरुनले एउटा सपना देखेकी थिइन् ।

जुन सपनामा उनले १२ फिटकी निलो रंगकी युवती देखेकी थिइन् । उनी आमाले आफूले देखेको सपना छोरा जेम्सलाई एक कथाका रुपमा बताइन् । तर, आमाको सपनाको कुरा सुनेर जेम्सलाई एउटा यस्तो फिल्म बनाउने सोच आयो, जुन एक ग्रहको कथा थियो । जहाँ १० देखि १२ फिट अग्ला र निलो रंगका मानिस बस्छन् । जसको अनुहार र शरीर फरक छन् ।

जेम्सले ‘अवतार’ बनाउने सोच त्यो समयमा गरेका थिए, जुन समयमा उनले लियोनार्डो डिकाप्रियो र केन्ट विन्सलेट स्टारर फिल्म ‘टाइटानिक’ बनाउने बारेमा सोचेका पनि थिएनन् ।

लामो समयदेखि जेम्सको दिमागमा ‘अवतार’ बनाउने सोच थियो । तर, उनले सन् १९९७ मा रिलिज फिल्म ‘टाइटानिक’ बनाए । यो फिल्मपछि उनले तीन वर्षसम्म अवतारका लागि काम गरे । ‘टाइटानिक’ले थिएटरमा दर्शकको बाक्लो उपस्थितिमात्र पाएन, बक्सअफिसमा ठूलो सफलता नै हात पार्यो । त्यो समयमा यो फिल्मले घरेलु बक्सअफिसमा २ हजार ४ सय ६० करोड डलरको कमाई गरेको थियो भने विश्वव्यापी रुपमा यसको कमाई ८ हजार ७ सय २६ करोड डलर थियो ।

‘टाइटानिक’को कमाई पछि जोकोहीले पनि लियोनार्दोको यो फिल्मको रेकर्ड कसैले नतोड्ने अनुमान गरेका थिए । तर, यो गलत साबित भयो । किनकि सन् २००९ मा रिलिज जेम्सको दोस्रो फिल्म ‘अवतार’ले ‘टाइटानिक’को रेकर्ड ब्रेक गरिदियो । ‘अवतार’ले विश्वव्यापी रुपमा १८ हजार ९ सय ५७ करोडको कमाई गरेको थियो ।

न्यूज कारखाना