🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

३३ किलो सुनको रहस्य ! किरानाभन्दा सुन पसल बढी !!

  कुरा सुन्दा अच्चम लाग्न सक्छ तर यो कुरा मोरङ्ग जिल्लाको उर्लाबारी, झापा को दमक, बिर्तामोड र यस आसपासको नजिकको सानो चोक र बजारको यथार्थ हो । यो यथार्थलाई ३३ किलो सुन र सनम हत्याकाण्ड ले उज्जागर गरेको छ । उर्लाबारीमा किराना(खाद्यान्न)  पसल, कपडा पसलभन्दा सुन पसल बढी छ । घरै पिच्छे जस्तो सुन पसल छ । मान्छेले खाद्यान्न र तरकारी होइन कि सुन मात्र खानछन्  । त्यसैले  मान्छेले सुन मात्र किन्छन्  । सुन पसल खोल्ने बितिकै यहाँ राताराता  घर गाडीको मालिक भएका छन ।

हल्ला त पहिले नै आएको हो, यो सुन पसल देखाउने दाँत  मात्र हो । यहाँ सबै अबैध कारोबार हुन्छ भन्ने कुरा पहिले नै आएको हो । तर कसले कसरी गर्छ त्यो मान्छेलाई थाहा थिएन । सुन पसलमा सुन पट्ट्कै बिक्री भएको देखिन्न तर आम्दानी कसरी बढी रहेको छ, त्यो आम मान्छेको चासोको बिषय थियो । उर्लाबारी दक्षिण ४ किमी तल ''दुर्गापुरी'' सानो बजार छ । यहाँ ८ वटा जति  सुन पसल छ । किराना पसल २, अनि होट्ल ३ जति  छन्  । यहाँबाट ४.५ किमी दक्षिण ''सोमबारे'' पर्छ, यो  सोमबारको दिन लाग्ने सानो बजार हो ।

यहाँ १२ वटा सुन पसल छन । किराना ३ वटा छन्  । यो धेरै नै सानो ग्रामीण बजार हो । एउटा पसलभन्दा अरुले कालिगड समेत राख्न सकेका छैन्न । यहाँ सबै नै राजनीति दलमा आबध्द वा स्थानीय जनप्रतिनिधिले पसल चलाएका छन । यहाँ कसैको सुन बिक्दैन । दैनिक उपभोग्य बस्तुको पसल कम तर सुन पसल कसरी बढी भयो अनि ग्राहक कहाँबाट आउछन र सुन पसल कसरी चल्छ ? सबैको चासोको बिषय थियो । अबैध काम गर्छ भन्ने चर्चा थियो तर प्रमाण थिएन । 

अहिले ३३ किलो सुन र सनम हत्याले त्यो रह्स्य उजागर गरेको छ । प्रहरीले राम्रो खोजबिन गर्ने हो भने यहाँका  ९५% सुन पसल बन्द हुन्छन्  भने धेरै नै कार्बाहीको दायारमा पर्छन्  । मौलाउदै गरेको  तस्करी र सङ्गठित अपराध अन्त्य हुन सक्छ । मोरङ्ग झापाको धेरै नै सुन पसलेहरु कार्बाहीको दायारमा आउन सक्छन्  । सम्बन्धित निकायले राम्ररी छनबिन गर्न जरुरी छ ।

प्रताप गौतम
रतुवामाई न पा -७ , मोरङ्ग