🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बढुवा भएका जर्नेल-कर्नेललाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडाैं । नेपाल सरकार, मन्त्रिपरिषद्को  २०७९ मंसिर २३ गतेको निर्णय अनुसार सैनिक सेवा नियमावली २०६९ को नियम ४३ को उपनियम (१) बमोजिम अवकाश हुनु पूर्व एक महिना अगाडि प्राविधिक उपरथी दर्जामा पदोन्नति  भएका प्राविधिक सहायक रथी दीपक प्रसाद बास्तोला (पी.एचडी.) लाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ ।

\"\"

प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट २०७९ पुस ०३ गते जङ्गी अड्‌डामा आयोजित कार्यक्रमकाबीच दीपक प्रसाद बास्तोला (पी.एचडी.) लाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको हाे ।

  सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माबाट महा सेनानी दर्जामा पदोन्नति  भएका २ (दुई) जना प्रमुख सेनानीहरुलाई पनि महा सेनानीको दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो ।