🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जाँदाजाँदै मन्त्री निकटका सिडिओको सरुवा !

काठमाडौं । गृह मन्त्री बालकृष्ण खाणले कार्यकाल सकिनु तीन दिन अगाडि एक दर्जन बढी प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेका छन् । नयाँ सरकार गठनको अन्तिम कसरत चलिरहेको अवस्थामा काम चलाउ गृह मन्त्रीले प्रजिअहरुको सरुवा गरिनुलाई आश्चर्यको रुपमा हेरिएको छ । केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र इलाका प्रशासकको पनि सरुवा गरेका छन् ।

गृह मन्त्रालयले अवधि पुगेका विभिन्न १३ जिल्लाका सिडिओ, सहायक प्रमुख जिल्ला अधिकारी र इलाका प्रशासकलाई सरुवा गरेको बताएको छ । तर, गृहमन्त्री खाणले कांग्रेस निकट र त्यसमा अझ आफू निकट कर्मचारीलाई सरूवामा प्राथमिकतादिएको आरोप मन्त्रालयका कर्मचारीले लगाएका छन् ।

गृहमन्त्री खाणको ठाडो निर्देशनमा मनाङका प्रजिअ रवीन्द्र प्रसाद आचार्यलाई काठमाडौँको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । गृह मन्त्री खाणका सुरक्षा सल्लाहकार सुनिल खनालकी श्रीमती काठमाडौंकी सहायक प्रजिअ सुप्रभा खनाललाई मनाङ जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । 

त्यसैगरी, सोलुखुम्बुका प्रजिअ अनिल खनाललाई इलाका प्रशासन कार्यालय उर्लाबारीको प्रमुखमा खटाइएको छ । उनी सुरक्षा सल्लाहकार सुनिल खनालका आफ्नै भाइ भएको गृह मन्त्रालयस्रोतले जानकारी दिएको छ । पहिला उनी गृहको कर्मचारी प्रशासनमा सहसचिव रहेर काम गरेका थिए । उनले प्रशासन प्रमुख रहेकै समयमा ऊर्जा मन्त्रालयमा रहेकी श्रीमतीलाई गृह मन्त्रालयमा सरुवा गरेर काठमाडौं जिल्लाको सहायक सिडिओमा खटाएका थिए । भाइ अनिललाई सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीमा खटाउन सफल भएका थिए ।

उनै सल्लाहार खनालको चंगुलमा परेर गृहमन्त्री खाणले म्याग्दीका प्रजिअ चिरञ्जीवी रानालाई टीकापुर इलाका प्रमुखमा खटाएका छन् । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेललाई अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सरुवा गरेका छन् । मुस्ताङका प्रमुख प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीलाई मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर सरुवा गरिएको बताइन्छ ।   

यस्तै, सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । टीकापुर इलाका प्रमुख पुष्कर खड्कालाई बाजुराको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ । मन्त्रालयका उपसचिव वसन्त भट्टराईलाई सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ । भैरहवा विमानस्थलमा कार्यरत अनुप केसीलाई मुस्ताङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । उर्लाबारी इलाका प्रमुख रहेका तुलसीराम पौडेललाई म्याग्दी जिल्लाको प्रजिअमा सरुवा गरिएको छ । बाजुरामा प्रजिअ रहेका प्रकाशचन्द्र अधिकारीको सरुवा रसुवामा गरिएको छ । रसुवाका प्रजिअ नवराज जैसीलाई गृह मन्त्रालयमा तानिएको छ ।

एघार उपसचिवको बढुवा
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साता ११ उपसचिवको बढुवा सिफारिस गरेको छ । जसमा परराष्ट्र सेवाका दुई, प्रशासन सेवाका ७ र लेखापरीक्षण समूहका २ जना उम्मेदवार रहेका छन् । जसअनुसार परराष्ट्र सेवाबाट खड्गप्रसाद दाहाल र प्रकाशमणि पौडेल, प्रशानसन सेवाका रामकृष्ण पुडासैनी, वावुराम ज्ञवाली, जनकराज शर्मा, कमल बहादुर रजलवट, बद्रीबहादुर कार्की, अर्ज‘न गौतम र तेजप्रसाद दाहाल रहेका छन् ।

यस्तै लेखापरीक्षण सूुहका जयराम घिमिरे र नारायणप्रसाद पराजुली बढुवाका लागि सिफारिसमा परेका छन् ।
यसैगरी, संसद सेवाका पाँच शाखा अधिकृत पनि उपसचिव बढुवाको सिफारिसमा परेका छन । शाखा अधिकृत लक्ष्मीप्रसाद ओझा, वावुराम वस्याल, कम्प्युटर अधिकृत अनन्त प्रसाद कोइराला, सुरेशराज सेढाइँ र जगदिश न्यौपाने  उपसचिवमा बढुवा सिफारिस भएका छन् ।