काठमाडौं । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैली र चातु¥या“ईका कारणले राप्रपाको घरझगडा विस्तारै बढ्न थालेको छ । एक समय अध्यक्ष कमल थापाको दाहिने हात भएर काम गरेर अवसर पाउँदै आएका लिङ्देनले विस्तारै पार्टी कब्जा गरेका छन् । लिङ्देन आफ्नै राजनीतिक गुरुलाई पार्टीबाट अगल गराए र एकछत्र राज गर्न सफल भए । अनि पुराना भनिएका नेताहरुलाई विस्तारै आफ्नो साइजमा राख्न थालेको आरोप छ ।
डेढ वर्षको बीचमा लिङ्देनले थापामात्र होइन, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणालाई पनि आफ्नो अनुकूल उपयोग गर्न सफल भइसकेका छन् । अध्यक्षको उम्मेदवार बन्ने बेलामा डा. लोहनीको साथ सहयोग भरपूर लिएका थिए ।
लोहनी र राणामध्ये कसलाई सांसद बनाउने भन्ने रस्साकस्सीमा अध्यक्ष लिङ्देन निर्वाचन खर्च रु. ८/१० करोड दिन तयार राणालाई नै सांसद बनाउन तयार भए । त्यसपछि रु. ८/१० करोड दिन डा. लोहनी साइडमा लागेका थिए ।
लोहनीको साथ लिएर उम्मेदवार भएका उनले आफ्नो शक्ति विस्तार हुँदै गएपछि विस्तारै छोड्दै गएको डा. लोहनी निकटहरु बताउछन् । डा. लोहनीस“ग धेरै सम्बन्ध विस्तार भएपछि पशुपति शमशेर ज.ब.राणाले लिङ्देनमाथि दबाब बढाउन आफूनिकटका नेताहरुलाई अगाडि सारेका थिए ।
कतिसम्म भने उनीहरुले विशेष महाधिवेशनको माग गर्नेसम्मको आवाज उठाएका थिए । उक्त आवाज दबाउन लिङ्देनले राणालाई सांसद बनाउने आश्वासन दिएका थिए । उक्त आश्वासनपछि राणाले घरझगडा कम गरेर जसरी पनि राष्ट्रिय दल बन्ने सहमति गरेका थिए ।
लिङ्देनले चुनावमा राष्ट्रिय दल जसरी पनि बन्ने भनेर घरझगडा कम गराएका थिए । पशुपतिलाई लिङ्देनले सांसद बनाउने आश्वासन दिएपछि त्यस्तो भएको थियो । धेरैले पत्तो नपाएको उक्त घटनापछि डा. लोहनी भने साइड लाग्न थालेका थिए ।
लोहनी र राणामध्ये कसलाई सांसद बनाउने भन्ने रस्साकस्सीमा अध्यक्ष लिङ्देन निर्वाचन खर्च रु. ८/१० करोड दिन तयार राणालाई नै सांसद बनाउन तयार भए । त्यसपछि रु. ८/१० करोड दिन नसक्ने भएपछि डा. लोहनी साइडमा लागेका थिए ।
पार्टीभित्र कसको बढी होल्ड छ र परेको समयमा करोड खर्च गर्न कसले सक्छ भन्ने बुझेर लिङ्देनले दुईमध्ये एक पशुपतिलाई राजेका थिए । त्यसो गर्दा आफ्नो सहजता हुने अनुमान गरेको देखिन्थ्यो । पशुपतिले करोड करोड सहयोग गर्ने बचन दिएपछि चुनवाअघि डा. लोहनीलाई भोटिङबाट समानुपातिकको एक नम्बरबाट २ नम्बरमा झारेका थिए ।
त्यसले लोहनीलाई झन् पर धकेलेको थियो । त्यसरी पशुपतिलाई १ नम्बरमा सूचीमा ल्याउनुको कारण आर्थिक पक्ष नै मुख्य रहेको राप्रपाका नेताहरुको भनाइ छ । उनीहरुको भनाइमा राणास“ग लिङ्देनले पार्टी सञ्चालन र चुनाव खर्च भनेर केही लगभग रु. १० करोड लिएको चर्चा राप्रपाका नेताहरु गर्दछन् ।
त्यसरी रकम लिनुभन्दा अघि लिङ्देनले संसदीय दलको नेता बनाउने आश्वासन दिएको पनि उनी निकट नेताहरुको भनाइ रहेको छ । तर, अन्तिममा लिङ्देनले राणाबाट झन्डै १० करोड रकम लिएर पनि संसदीय दलको नेता नबनाएको चर्चा राप्रपाभित्र भूसको आगोझै भित्रभित्रै सल्किएको खबर छ ।
संसदीय दलको नेता चुन्ने बेलामा राणालाई एक घण्टाअघि मात्रै खबर गरेर लिङ्देन समूहले आफ्नो पक्षमा निर्णय गराएको चर्चा पनि राप्रपामा हुने गरेको छ । त्यसैले अहिले राप्रपाभित्र लिङ्देनले हिजो थापा, लोहनी र राणालाई एकएक गर्दै प्रयोग गरेको कुरा चर्चाको विषय बनेको छ ।
अहिले त्यही भएर सरकारमा जाने वा नजाने भन्ने विषय पनि निकै चनाखोबीच छलफल भइरहेको छ । राप्रपा सरकारमा जान सहमत भइसकेको भएपनि कसको नेतृत्वमा जाने भन्ने सहमति भइसकेको छैन । तर, लिङ्देन आफै नेतृत्व गरेर सरकारमा जाने मुडमा देखिएको पशुपति निकट स्रोत बताउछ । त्यसका लागि वातावरण बनाउने प्रयास पनि गरिरहेको राप्रपाका नेताहरु बताउँछन् ।



