🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नवाजुद्दिन भन्छन्- २५ करोड पारिश्रमिक दिए पनि सानो भूमिका गर्दिनँ

मुम्बई । बलिउडमा प्रतिभावान कलाकारको नाम लिँदा अभिनेता नवाजुद्दिन सिद्दीकी छुट्दैनन् । सानोतिनो सहायक चरित्रबाट फिल्मी करियर सुरुवात गरेका उनले हलिउड फिल्म ‘लक्ष्मण लोपेज’मा देखिँदैछन् । उनले हलिउड फिल्ममा सानो भूमिका कहिल्यै नगर्ने खुलाएका छन् ।

‘मैले उद्योगमा कयौं सानो भूमिका निभाएको छु । मैले आफ्नो मिहेनत र लगनले यो सफलता पाएको छु । आजको समयमा यदी कोही विदेशी फिल्म मलाई सानो भूमिकाका लागि प्रस्ताव गर्छन् भने म त्यसमा काम गर्दिनँ । चाहे निर्माताले मलाई २५ करोड रुपैयाँ नै दिए पनि म त्यो सानो भूमिका गर्दिनँ । मलाई लाग्छ आफ्नो कामलाई राम्रो बनाउनुपर्छ । यदी तपाईं राम्रो काम गर्नुहुन्छ भने अवसर तपाईंलाई खोज्दै आउनेछ’, नवाजुद्दिन भन्छन् ।

‘लक्ष्मण लोपेज’को निर्देशन प्रख्यात निर्देशक रिबर्टो जिराल्टले गर्दैछन् । नवाजुद्दिन फिल्म ‘हड्डी’मा देखिँदैछन् । जसमा उनले एक किन्नरको भूमिका निर्वाह गरेका छन् ।