🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाका ‘छोटे राजा’ : पीडितहरूको पुकार   

 नेपाली सेनामा भएको कहाली लाग्दो सबै तहको भ्रष्टाचार, बेथिती र नराम्रा घटना तपाईको लोकप्रिय पत्रिकामार्फत पढ्न पाउँदा सेनामा भएको चरम अनियमितता केही हदसम्म सुध्रिन सहयोग भएकै छ । यसको लागि तपाईलगायत साँघु टिमलाई मुरीमुरी धन्यवाद छ । 

कृपया नेपाली सेनाको मनपरीतन्त्रको पर्दाफास गरी दिनु होला भन्ने अपेक्ष्ाँ गरेका छौं । गत हप्तामा हाम्रो लोकप्रिय साँघुमा सर्टिफिकेट र नागरिकतामा जन्म मिति सच्याएर जागिर बढाउने भाग्यमानी उपरथी दीपक भारती, सहायक रथीद्वय प्रेम शाही र सूर्य खनालको बारेमा साँचो कुरा सुन्न पाउँदा मर्कामा पर्ने जर्नेलहरूलाई विचरा भन्न मन लाग्यो ।

सेनामा चाकडी र मनपरीतन्त्रको अर्काे एउटा इँटा थपिएछ भनि दिक्दारी पनि लाग्यो । हुन त यस्तो मनपरी नियम र मनपरीतन्त्र यो राजेन्द्र चीफको पालामा मात्र होइन, रुक्मांगत चीफको पालामा उपरथी कुमार बुढाथोर्कीको तालमेल गर्दा उमेर नाघेर पनि एनडीसी गएकै हुन् । गौरवको पालामा भने यता अनैतिक मुडे तन्त्रको कर्मको अचाक्ली नै भयो । महान जर्नेलबाट सेनामा कहलिएका हाल उपरथी अनुज बस्नेतको कुरै नगरौं उनको श्रीमतीको तालमेलले त गौरव चीफ त चिप्लिएकै थिए । 
त्यस्तै उमेर नाघेका र नक्कली सर्टिफिकेट पेश गरेका ज्ञानेन्द्र रायमाझीलाई एनडीसी पठाए तर यही काण्डबाट ज्ञानेन्द्रको जागिरै गयो ।

आफ्ना नजिकका चाकडीबाज, नगद चढाउनेहरूका भाग्यचित्र बनाउने कोर्ने काममा नेपाली स्टाफ कलेज बाजको पनि एनडीसी जान पाउने भए र दीपक भारती यसैमा परी उपरथी हुने पहिलो मौका पाए । अहिले नेपाली सेनाको नगदी मालदार अड्डा संभाररथीको प्रमुख छन् । संभाररथीको प्रमुख बन्न चीफ  दाहिना र खुसी भएपछि के चाहिने हो र ? हजारौं खत माफ भैहाल्यो ।

त्यस्तै सहायक रथी प्रेम शाही महेन्द्रनगरका ‘डन’ भनेर चर्चित छन् । उतैतिर बाहिनीपति बन्ने मौका पाएका छन् । आन्तरिक बाहेक त्यस क्षेत्रको बाटो, रोडा, ढुंगा र काठको ठेक्कामा आफ्ना नातेदारको नाम लिएर व्यापार व्यवसाय गरेर कुस्त कमाउने मौका पनि प्रेम जर्नेलले पाएकै छन् । यस्तै प्रवृत्तिका मान्छेको प्रगति हुन्छ सेनामा । नेपालको कुनै कानून त सेनामा लागू छँदैछैन । सैनिक नियम कानून रातारात बदलिन्छ यहाँ ।

रातारात आफ्नो वा मनपरेको मान्छेको अंक बढाउन तकमा दिने र  विदेश कोर्र्ष हालिन्छ । होनहार अधिकृत जुन ब्यवसायिक र संस्थागत राम्रा तर सोर्सफोर्स नभएका, जर्नेलहरूको नजर भित्रपर्न नसकेर बेकम्मा अधिकृत बन्न पुग्छन् । यस्तै छ हिजोदेखिकै सबै चीफहरूको शैली र चलन । मच्चीमच्ची थच्ची बुढीको अवस्था हामीले देख्दै भोग्दै आएका छौं । छातिमा हात राखी सोच्नुस् चीफ सा’ब अब सबै रिटायर्ड हुने बेलामा त सकल दर्जाले स्मरण गर्ने काम गरे राम्रै हुन्थ्यो नि । त्यो ठाउँमा पुगेपछि त फौज र सोर्सफोर्स नहुने अधिकृतदेखि सबै दर्जालाई लाखा पाखा नगर्दा हामी धेरै खुसी हुन्थ्यौं नि ? 

राजेन्द्र चीफ सा’ब आखिर तपाईलाई अथाह अधिकार, आफ्नालाई मात्र आर्थिक लाभको मौका दिने, कालोलाई सेतो र सेतोलाई कालो नभनी यो ६५ दिनेको अवधिमा नेपाली सेनाका सकल दर्जाले जय भन्ने केही काम गरेमा तपाईलाई राम्रँे इतिहास राख्ने अवसर अझै छ  ? सेनाको चीफ भएर ३ बर्ष कार्यकालमा पुस्तौंलाई पुग्ने भ्रष्टाचार गरेर चीफहरू विदा भएको इतिहास हाम्रँ अगाडि छदैछ ?

३ बर्ष कार्यकालमा चीफहरूले आफ्ना आसेपासे चाकडी गर्नेलाई रातारात नियम परिवर्तन गरेर इमानदार सोर्सफोर्स नहुनेहरूलाई लाखापाखा गरी मर्कामा नपारेको इतिहास नेपाली सेनामा आजसम्म  छैन ? फलामे अनुशासनमा बस्नुपर्ने सेनामा हिजो राजदरवारको चाकडी गरेर नीति नियमलाई जर्नेलहरूले धोती लगाए भने आज शक्तिशाली जर्नेलहरू स्वयम् छोटे राजा बनेर व्यक्ति विशेषको भलाईका लागि नीति नियम नै कायापलट गरी दिने यो कस्तो मनस्थिति हँुदोरहेछ, ‘प्रभु’ नेपाली सेनामा ? हामी त छक्कै परेका छांै । लौ न ‘प्रभु’ नेपाली सेनालाई सेनाका ‘छोटे राजा’बाट मुक्त रहने र न्याय–निसाफ दिने नेतृत्व देऊ †                                      – नेपाली सेनाका पीडित अधिकृतहरू