मुलुकको वर्तमान परिवर्तित राजनीतिक अवस्था, राष्ट्रिय सुरक्षाको चासोको विषय र सान्दर्भिकताको वर्तमान स्थितिमा देशमा सुरक्षा संयन्त्रलाई अझ मजबुत बनाउने विषयमा चेष्टा राखी समाचार मन्थन भएर राष्ट्रको नेतृत्व तहमा थिंक ट्यांक भन्ने विषय वास्तवमा आपूmलाई सुरक्षाविद्को पगरी आफैले लगाई यस विषयलाई विभिन्न व्यक्तिहरूमा र तह र तप्काहरूमा आफ्नो मूल्यांकन सोचाई बुझाईलाई धरातलमा ल्याएर ओहोदा हत्याउने प्रयास भएको पाइयो ।
यसका एक पात्र हुन् अ.प्रा.उपरथी बिनोजबहादुर बस्नेत । यिनी नेपाली सेनाको युनिटमा बसेकै छैनन् । राजदरबारमा क्याप्टेन हुँदा एडीसी भई नेपाली सेनामा कुनै दुःख, प्रतिस्पर्धा नै नगरी सहायक रथीसम्म भए, वास्तवमा हजुरिया वा टिके जर्नेल हुन् । जसलाई नेपाली सेनाको लडाई, शान्ति, बन्दोबस्ती, कर्म, धर्म, परम्परा तथा पेशा बारेमा नै अनुभव छ न त ज्ञान नै छ ? राजदरबारमा हुँदा उनको धूर्त चलाखीपूर्ण हजुरिया कामले गर्दा तत्कालीन राजा राजपरिवारलाई पारेको प्रभाव र बिनोजले लिएको लाभ देख्दा सबै तहका एडीसीहरू अचम्मित थिए ।
बिनोजको दरबारको सबै क्रियाकलाप एउटा किताब नै हुन्छ, बिनोजले राजपरिवारका सदस्यले उद्घाटन गर्ने कार्यक्रमको समय मिलाइदिएवापत व्यक्ति, संस्थासँग रकम असुल्थे । राजा हटेपछि होनहार एडीसीहरूको जागिर गयो तर चलाख बिनोज बस्नेत सेनामा बहाल नै रहे । चीफलगायत सेनाका उपल्लो तहकालाई हात लिँदै बिनोज उपरथी भए र उनले आपूmलाई भविष्यको चीफ समेत हुँ भन्दै हिंडे ।
अनि बाहिनीपति, स्टाफ कलेजमा पति, प्रतिष्ठानमा पतिहुँदा अन्तर्गतबाट नगद उठाउने, आफ्नो सिपाहीलाई बाहिर छाडी रासनको पैसा खाने, ठेकेदारसँग कमसल रासन लिएर कमिशन खाने, सरकारी रकमको कमाई नगरी बिल भपाई बनाई आपूmले खानेजस्तो अनियमित कामलगायत मोजमस्ती गर्दै आएका थिए । पूर्वी पृतनापति हुँदा विभिन्न कोषको बाहनामा अन्तर्गतका २०÷२२ वटा यूनिटका करीब ६ हजार व्यक्तिको पैसाबाट बचेको बिचरा सिपाहीको रकम विभिन्न बहानामा पृतनामा केन्द्रित गरे ।
केही महिनापछि अन्तर्गतमा करोडौं रकम खर्च भयो भनि फर्जी खर्चका बिलको पनि पोको पठाए । बिचरा उनी अन्तर्गतका जर्नेल कर्नेलहरूले के गरुन ? उनी बिनोजले १५० रुपैयाँ पर्ने टोपीलाई ७५० बनाई अन्तर्गतका करीब ७ हजार जनसंग रकम उठाए । अन्तर्गतका कमान्डरको चित्त नबझेकोले टोपीलाई प्रदर्शनमा राख्ने थिए । जब राजेन्द्र क्षेत्री चीफ भएपछि बिनोजको सबै अनियमित कामको प्रमाणहरू सोचबुझका साथ संकलन गरे ।
सेनाको माथिल्लो तहले बिनोजलाई कुनै पनि शक्तिकेन्द्रले बचाउन नसक्ने प्रमाणहरू प्रमाणित भएपछि हाँसेर राजेन्द्र चीफसा’बले बिदा गरे । राजेन्द्र चीफको यो नेपाल आर्मीमा पहिलो राम्रो कामको सुरुवात थियो र यसमा जर्नेल पूर्णचन्द्र अब हुने चीफको भिजन पनि थियो ।
बिचरा बिनोजका सबै शक्ति केन्द्रहरू निरीह भएका थिए ।
यस्ता पृष्ठभूमिका अति नै चलाख बिनोज थिंक ट्यांकको सपना देख्दै पत्रकार भूषण दाहाललाई हात लिएर फायर साइट कार्यक्रममा टाइम्स अफ इंडिया र हिमालयन टाइम्सको २÷४ वटा आर्टिकल घोकेर बोल्दैमा त्यत्रो सपना देख्नु दिल्लीभन्दा दूरको बात छ बिनोज शाही रनर सा’ब ।
अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा अवधारणा अनुसार नेपालमा थिंक ट्यांक कमिटी गठन गर्ने आवश्यकता महसुस गर्नु सान्दर्भिक देखिन्छ र साँच्चि नै थिंक ट्यांकका लागि योग्य व्यक्तिको यो देशमा कमी अवश्य छैन । सेना, प्रहरी, रा.अ.वि.लगायत सरकारी कर्मचारी एक से एक छन् यहाँ ।
सबैलाई चेतना भया ।



