🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्रीको सचिवालय टीम किन बनेन ?

काठमाडौं  । म प्रधानमन्त्री भएँ भने द्रुतगतिमा काम गर्छु भन्ने माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक महिना हुन लाग्दा पनि आफ्नो सचिवालयको टीम समेत बनाउन सकेका छैनन् । मन्त्रिपरिषद् विस्तारमा देखिएको ढिलाईसँगै आफ्नो सचिवालय बनाउने क्रममा पनि प्रचण्डले निर्णय लिन सकेका छैनन् । प्रचण्डले आफ्नो सहयोगका लागि बनाउनुपर्ने समूहमा सल्लाहकार र सचिवालयमात्र होइन, योजना आयोगलगायतका विभिन्न निकायको नियुक्तिमा पनि ढिलाई भइरहेको छ । देशको अर्थतन्त्र निकै कमजोर भएको बेलामा प्रधानमन्त्रीको योजनामा सहयोग गर्ने आर्थिक सल्लाहकार तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र अन्य सदस्यहरुको नियुक्ति भएको भएको छैन ।

नियुक्तिका लागि दौडधुप गर्नेहरुको सूची लामै भएपनि प्रचण्डनिकट मानिएका तर अर्थतन्त्रका विज्ञ व्यक्तिहरुको संख्या कम भएकोले पनि प्रचण्डलाई छनौटमा समस्या देखिएको बताइन्छ । योजना आयोगको उपाध्यक्षमा पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले आकांक्षा राखेको चर्चा गरिन्छ ।  त्यसो त, कांग्रेस नेतृ कमला पन्तका भाइ विजन पन्तको नाम पनि चर्चामा रहेको छ ।

गोरखाका पन्त सुशील कोइराला प्रधानमन्त्री हुँदा पनि सल्लाहकारको भूमिकामा थिए । माओवादीका आर्थिक क्षेत्रमा काम गरेका दीपेन्द्रबहादुर क्षेत्रीलाई फेरि उपाध्यक्ष बनाउनुपर्ने पक्षमा पनि माओवादीभित्र मत रहेको बताइन्छ । यता विदेश सल्लाहकार पनि कसलाई ल्याउने भन्नेमा अहिलेसम्म प्रचण्ड प्रष्ट भइसकेका छैनन । अहिलेको जटिल भूराजनीतिक अवस्थामा अन्तर्राष्ट्रियसम्बन्ध र ज्ञान भएका व्यक्तिलाई ल्याउनुपर्ने पक्षमा माओवादीभित्र मत रहेको भएपनि पात्रको विषयमा भने अहिलेसम्म केही प्रष्ट भएको छैन ।

कतिपयेले डा. रुपक सापकोटाको नाम लिने गरेका छन् । उनी पहिला चीनको राजदूतका लागि प्रयास गरेका थिए  । त्यतिबेला प्रचण्डले विष्णुपुकार श्रेष्ठलाई पठाएका थिए । त्यसैले उनी अहिले विदेश सल्लाहकार हुनसक्ने संभावना पनि चर्चा गरिन्छ । त्यसो त प्रचण्डले लीलामणि पौडेल, अर्जुनबहादुर थापालगायतका पुराना व्यक्तिहरु पनि ल्याउन सक्ने चर्चा माओवादीभित्र हुने गरेको छ । 

यता प्रधानमन्त्रीको सञ्चार संयोजकमा पनि अहिलेसम्म प्रष्ट भएको छैन । सञ्चारविज्ञका रुपमा भने तीन जनाले जागिर खाइसकेका छन् । प्रचण्डको सचिवालयमा पहिलादेखि नै काम गरेका सूर्यकिरण शर्माबाहेक मनहरी तिमल्सिना र गोकर्ण भट्टले सचिवालयमा प्रवेश पाएका छन् तर सञ्चार सल्लाहकार भने प्रचण्डले नियुक्त गरेका छैनन् । सञ्चार सल्लाहकारको रुपमा भने महेश्वर दाहाल, गोविन्द आचार्यदेखि दीपक सापकोटासम्मको नाम चर्चामा रहेको छ । 

 प्रचण्डले यो पटक केही राम्रो काम गर्ने भन्दै हिड्ने गरेका छन् । त्यसकारण टीम छनौटमा पनि केही योजनावद्ध निर्णय लिन सक्ने बताइएको छ । प्रचण्डको राजनीतिक सल्लाहकारको भूमिकामा पनि औपचारिक रुपमा कसैले काम सुरु गरेको छैन । भावी सञ्चार मन्त्रीको चर्चामा रहेका शक्ति बस्नेतले अनौपचारिक रुपमा अहिले सहयोग गर्न थालेको माओवादीभित्र चर्चा भइरहेको भएपनि हरिबोल गजुरेल, डिलाराम आचार्यदेखि राम कार्कीको नामसमेत राजनीतिक सल्लाहकारको रुपमा चर्चामा रहेका छन् । यी नियुक्तिहरु मन्त्रिपरिषद्को विस्तारपछि मात्रै गरिने प्रचण्ड निकट स्रोत बताउछ । (साँघु साप्ताहिक, माघ २)