🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कमजोर नेतृत्व :  पंगु बन्यो नेपाल पर्यटन बोर्ड 

काठमाडौं । नेपाल पर्यटन बोर्डका सिईओ दीपकराज जोशी र पर्यटन सचिव कृष्ण देवकोटाको सम्बन्ध विग्रिन थालेको खबर छ । सम्बन्ध विग्रिन थालेपछि सिईओ जोशी सचिव देवकोटाका अगाडि राजीनामा दिने धम्की दिइरहेको स्रोत त बताउछ । बोर्डले काम गर्न नसकेको र जोशीमा कार्यक्षमता नदेखिएको भन्दै सचिव तथा बोर्डको सञ्चालक समितिका अध्यक्ष देवकोटा आलोचक बनेको चर्चा छ । 

 हरेक काम ‘हुन्छ’ भन्ने तर केही पनि नगर्ने सिईओ जोशीको शैलीप्रति सचिव देवकोटा असन्तुष्ट रहेको स्रोतको दावी छ । आर्थिक बर्ष सकिन लाग्दा पनि बजेट खर्च गर्न नसकेको आरोप छ  । साथै, कतिपय बोर्ड सदस्यप्रति पनि अध्यक्ष देवकोटा सकारात्मक नरहेको बताइन्छ ।  

 बोर्ड सदस्य र सिईओ जोशीको काम गर्ने शैली र व्यवहार नै सुस्त र पंगु हुँदा बोर्डको  झन्डै अर्ब बजेट चालु आर्थिक बर्षमा खर्च हुन नसकेको स्रोतको दावी छ । अहिले बोर्डमा २०७५/०७६ आर्थिक वर्षका लागि बजेट तयारी समिति बनेको थाहा भएको छ । 

अनि, पर्यटन सचिव तथा एन टीबी बोर्डका अध्यक्ष देवकोटाले काम गर्नुप¥यो भनेर दबाब दिंदा हरेक पटक सिईओ जोशीले राजीनामा दिने भन्दै घुर्की दिने गरेको चर्चा पर्यटन मन्त्रालयमा सुनिन्छ । कर्मचारी स्रोतका अनुसार, सिईओ जोशीले पटकपटक काम गर्न दबाब दिने भए राजीनामा दिन्छु भन्दै हिंड्ने गरेका छन् ।

सिईओ जोशीको करीब १८ महिना कार्यकाल बाँकी रहेको छ । एकातिर नेपाल पर्यटन बोर्डको बजेट नै खर्च गर्ने क्षमता नराख्ने  अर्कातिर बोर्डभित्र पनि समन्वय गर्न नसक्ने भएपछि जोशीको नेतृत्व क्षमता नभएकोमा कमजोर कडी भनेर  निरन्तर आलोचित हुँदै आएका छन् । 

 गैरकानूनी बाटोबाट डाइरेन्टर आदित्य बराललाई पुनर्वहाली गराउने काम पनि जोशीले गरेको आरोप खेप्दै आएका  छन्  । यो कुरा सार्वजनिक भएसंगै उनी दबाबमा परेका हुन् । त्यससंगै आर्थिक अनियमिततामा मुछिएका तत्कालीन कामु सिईओ सुवास निरौलाका दाहिने हात मानिने कर्मचारीलाई जोशीले साथ लिएपछि बोर्डमा थप बबाल भइरहेको बोर्ड स्रोत  बताउछ । 
(२०७५ जेठ २१ गतेको साँघु साप्ताहिकबाट)