🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन

 

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि २२ जनाको आवेदन परेको छ । बैंकले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि २२ जनाको आवेदन परेको जनाएको छ ।  बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने जनाएको थियो । 

 

आवेदन पर्नेमा सिभिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्वडेपुटी सीइओ कबिराज अधिकारी, भानु कँडेल, ताराखर अधिकारी, विष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसी रहेको बैंकले जनाएको छ ।

 

यसैगरी, बद्री गुरागाँई, रामराज उपाध्याय, नरेश कुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शंकर चापागाई, अरुणकुमार ढुंगाना र प्रमोदबाबु तिवारीको सीईओका लागी आवेदन परेको हो । 

 

उम्मेदवारको शैक्षिक योग्यता तथा कार्यानुभव र पेस भएको व्यावसायिक कार्ययोजनाको मूल्यांकनको आधारमा उम्मेदवारमध्ये ५ जनालाई सर्ट लिष्टिङ गरी अन्तर्वार्ताका लागि छनौट गरिने बैंकले जनाएको छ । 

 

यसअघि बैंकका पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएको थियो । त्यसलगत्तै सीईओका लागि बैंकले पुस २५ गते विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो ।