🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २३ माघ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रूपैयाँ २३ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार अमेरिकी डलरको सोही मूल्यमा कारोबार भएको थियो। 

युरोपियन युरो साेमबार एक रुपैयाँ ८ पैसाले ओरालो लागेको छ । यसको खरिदमा १४१ रूपैयाँ २ पैसा र बिक्रीमा १४१ रूपैयाँ ६६ पैसा कायम गरिएको छ। आइतबार यसको खरिददर १४२ रूपैयाँ ८० पैसा र बिक्रीमा १४३ रूपैयाँ ४६  पैसामा कारोबार भएको थियो । 

यस्तै, बेलायती पाउण्डको खरिददर १५७ रूपैयाँ ४६ पैसा र बिक्रीदर १५८ रूपैयाँ १८ पैसा तोकिएको छ। अघिल्लो कारोबारको तुलनामा २ रुपैयाँ ५९ पैसाले घटेको छ । आइतबार यसको खरिददर १६० रूपैयाँ ३ पैसा र बिक्रीदर १६० रूपैयाँ ७७ पैसा तोकीएको थियो । 

त्यसैगरी, अष्ट्रेलियन डलरको मूल्य १ रुपैयाँ ८३ पैसाले घटेर यसको खरिदमूल्य ९० रूपैयाँ ४२ पैसा र बिक्रीमा ९० रूपैयाँ ८४ पैसा तोकिएको छ । यसअघि आइतबार यसको खरिददर ९२ रूपैयाँ २४ पैसा र बिक्रीमा ९२ रूपैयाँ ६७ पैसामा कारोबार भएको थियो । क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ५० पैसा र बिक्रीमा ९७ रूपैयाँ ९४ पैसा तोकिएको छ।

सोमबार कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रूपैयाँ ९७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार ३० रूपैयाँ ६८ पैसा र बिक्रीमा ३० रूपैयाँ ८२ पैसा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा ४२८ रूपैयाँ २२ पैसा र बिक्रीमा ४३० रूपैयाँ १९ पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३४८ रूपैयाँ ११ पैसा तोकिएको छ ।