🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रपतिका लागि माधवको च्याँखे !

काठमाडौं । माधव नेपालले २०६५ सालमा काकतालीमा प्रधानमन्त्री हुने अवसर पाएका थिए । र, त्यो अवसर प्रचण्डकै कारणले पाएका थिए । प्रचण्डले अनाहकमा प्रधानसेनापति रुक्मांगत कटुवाललाई नछोएको भए प्रधानमन्त्री पद छोड्नुपर्ने अवस्था आउने थिए । र, माधव नेपाललाई प्रधानमन्त्री बनाउन कांग्रेससहितका विपक्षी दल तयार हुने थिएनन् । माधव नेपालको प्रधानमन्त्री हुने रहर त्यसरी पूरा भएको थियो । त्यसपछि न अवसर आयो, न आउनेगरी परिणाम नै ल्याउन सकेका छन् । तर, पनि उनमा सत्ताको भूत भने चढ्न थालेको बताइन्छ । 

२०७९ पुस १० गते बालुवाटार बैठकमा पनि माधव नेपालले आफूलाई पहिलो एक वर्ष प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए । शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई छोड्न नसक्ने बताएपछि माधव नेपालले यो प्रस्ताव गरेका थिए । त्यसले परिस्थिति झन् विगारेको थियो । त्यतिबेला देउवा र प्रचण्डले दुई÷दुई वर्ष र माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने छलफल भएको थियो । तर, गठबन्धन नै भत्किएपछि त्यो सपना उनको तत्काललाई टरेको छ । यद्यपि, माधव नेपालको मन भने मरेको छैन । त्यसैले अहिले उनी प्रधानमन्त्री भन्दा राष्ट्रपतिमा नजर लगाउन थालेका छन् । माधव नेपाललाई राष्ट्रपति बनाउँदा एमालेको एउटा पंक्ति र कांग्रेस पनि तयार हुने भएकोले आफूलाई प्रधानमन्त्री बनाउन माधव नेपालले सक्रियता बढाउन थालेको पनि बताइन्छ । 

प्रचण्डले प्रस्ताव गर्दा एमाले पनि अप्ठ्यारोमा पर्ने भएकोले यो काम गर्नुपर्ने एउटा समूह सक्रिय भएको छ । र, माधव नेपालले पनि यो च्याँखे दाऊ थापिरहेको बताइन्छ । अहिले चलेको चर्चा अनुसार, माधव नेपाल आफू राष्ट्रपति हुन पाएमा एमाले वा माओवादी जता पनि पार्टी विलय गराउन तयार हुने अवस्थामा रहेका छन् । एमालेले राष्ट्रपतिमा अगाडि सारेमा उसैसँग मिल्ने र माओवादीले अघि सारेमा उसैसँग मिल्ने मुडमा माधव नेपाल देखिएका छन् । 

यो पार्टीले गरिखाँदैन र यो ढिलोचाँडो विघटनमा जाने खतरा भएका कारण अहिले नै त्यसलाई सहज व्यवस्थापन गर्न पाए हुने थियो भन्ने मनस्थितिमा माधव नेपाल रहेको उनीनिकट नेताहरु बताउने गर्छन् । माधव नेपालले निर्णयमा ढिलाई गरेमा झलनाथ खनालसहितको समूह भने एमाले जाने खतरा पनि रहेको छ । यो समूहसँस सांसद भने २ जना मात्रै रहेको पनि बताइन्छ । ती दुईजना सांसदका कारणले पनि यो समूहले पार्टी फुटाएर जान भने नसक्ने बताइएको छ । त्यसैले, अहिले माधव नेपालले च्याँखे दाऊ थापेर हिंडिरहेका छन् ।