🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चलचित्र विकास बोर्डका लेखा अधिकृत नक्कली डलरसहित दुबईमा समातिए

काठमाडौं, ३ फागुन । चलचित्र बिकास बोर्डका लेखा अधिकृत नक्कली डलरसहित दुबईमा समातिएका छन् । नक्कली डलर बोकेर बोर्डले आयोजना गरेको ‘नेपाल्स् फिल्म फेस्ट’का लागि यूएई उडेका लेखा अधिकृत प्रभाकर भट्टराई दुबईको विमानस्थलमा समातिएका हुन् ।

भट्टराईसँगै अर्का एक जनालाई पनि विमानस्थलमा खटिएका सुरक्षाकर्मीले समातेको थियो । स्रोतका अनुसार भट्टराई र उनीसँग रहेका व्यक्तिले बोकेको डलरमध्ये धेरै जसो नोट नक्कली थिए । विमानस्थलमा खटिएका सुरक्षाकर्मीले उनीहरूलाई ५ घण्टाभन्दा बढी केरकार गरेका थिए ।

विमानस्थलमा उनीहरूले नेपालको सिभिल बैंकमा आफूहरूले डलर साटेको ‘स्लिप’ देखाउँदै उम्किन खोजेपनि सुरक्षाकर्मीले छोड्न मानेका थिएनन् । त्यसपछि दुबईमा बस्ने अर्का एक नेपाली युवाले आफू ‘ग्यारेण्टी’ बस्ने गरी आइडी कार्ड ‘धरौटी’ बुझाएपछि उनीहरू रिहा भएका हुन् ।

नेपाली अधिकारी नक्कली डलरसहित समातिएपछि दुबईको सुरक्षा निकायले पनि यो विषयलाई गम्भीरताका साथ लिएको बताइएको छ । नक्कली डलर बरामद भएपछि यूएईका सुरक्षा एजेन्सीहरूले यो ‘अवार्ड कार्यक्रमलाई सुक्ष्म ढंगले निगरानी गरिरहेका छन् ।

नक्कली डलर प्रकरणमा अमेरिकाको सिधा चासो रहन्छ । त्यसैले पनि यो विषयलाई दुबईले गम्भिर ढंगले लिएको छ । नेपालको सिभिल बैंकबाट साटिएको भनिएको डलर कसरी नक्कली भयो भन्ने विषयमा दुबईको सुुरक्षा निकायले नेपाल प्रहरीसँग समन्वय गरेर अनुसन्धान अगाडी बढाएको छ ।