🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम रहने : निर्वाचन आयोग

काठमाडौं २८ फागुन । निर्वाचन आयोगले उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवको उम्मेदवारी कायम रहने निर्णय गरेको छ । 

राष्ट्रपतिमा पुरुष रामचन्द्र पौडेल निर्वाचित भएकाले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न कानुन बाधक रहेको जिकीर गर्दै नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले दाबी विरोध गरेका थिए । तर, रामसहाय यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने आयोगले निर्णय गरेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । 

संविधानअनुसार फरक लिंग वा समुदायको हुने व्यवस्था गरेकाले उपराष्ट्रपतिमा फरक समुदायका उम्मेदवार यादवको उम्मेदवारी खारेज गर्नुनगर्ने आयोगले निष्कर्ष निकालेको उनले बताए ।