🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सङ्घीय संसद् र राससबीच सम्झौता

काठमाडौँ, ५ चैत (रासस) : सङ्घीय संसद् सचिवालय र राष्ट्रिय समाचार समिति  (रासस) बीच संसद् गतिविधिसम्बन्धी समाचार सङ्कलन/सम्प्रेषण गर्ने सन्दर्भमा आज सम्झौता भएको छ ।

राससले सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको समग्र गतिविधि एवम् कार्यक्रमसम्बन्धी समाचार तटस्थ र निष्पक्ष ढङ्ग सम्प्रेषण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

संसद् सचिवालयका तर्फबाट सचिव डा रोजनाथ पाण्डे र राससका तर्फबाट महाप्रबन्धक सिद्धराज राईले संसद् सचिवालयमा हस्ताक्षर गर्नुभएको हो । राससले सङ्घीय संसद् र संसदीय समितिसम्बन्धी समाचार तथा तस्बिर प्राथमिकताका साथ सदैव सम्प्रेषण गर्दै आएको छ  । 
–––