🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोशी प्रदेश : आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बूको मृत्यु

विराटनगर, १० चैत । कोशी प्रदेश नामाकरण खारेज गरेर पुनः नामाकरणको माग राखेर भएको आन्दोलनका क्रममा घाइते भएका मोरङको बेलबारी नगरपालिका–२ का पदम लिम्बूको मृत्यु भएको छ । 

प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएपछि ५ चैतमा भएको आन्दोलनमा क्रममा घाइते भएका उनको शुक्रबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । कोशी प्रदेश नामाकरण खारेज गरेर पुनः पहिचानका आधारमा नामाकरण गर्नुपर्ने माग गर्दै प्रदर्शन भइरहेका छ ।

सोही क्रममा गत आइतबार भएको आन्दोलनमा प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएका थिए । तर, मंगलबार राति बेहोस भएपछि उनलाई उपचार गर्न प्रतिष्ठानमा लगिएको थियो । उनको टाउकोमा चोट लागेको थियो । 

\"\"