🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लागुपदार्थ सेवन गर्ने ८ जना सवारी चालक पक्राउ

काठमाडौँको नागढुङ्गा क्षेत्रमा २०७९ चैत २४ गते शुक्रबार गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६  जना चालक सहित ८ जनालाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।

बा १८ च ७६ ३९ नम्बरको पिक अप चालक धादिङका २४ वर्षीय राजेश नेपाली, लु १ ज ४३ ४० नम्बरको माईक्रो बसका चालक पूर्वी नवलपरासीको त्रिवेणी घर भएका २९ वर्षीय रोशन थापा, बा ९८ प ५१ ६० नम्बरको मोटरसाइकल चालक धादिङका २५ वर्षीय पुजन सुवेदी, बा ८७ प ९५७ नम्बरको मोटरसाइकलका चालक ललितपुरको लेलेका २२ वर्षीय रिकेस सिलवाल, बागमती प्रदेश ०२-०३५ प १५ ०१ नम्बरको स्कुटर चालक ललितपुरको हतिसिद्धी बस्ने २० वर्षीय सचिन महर्जन, पोखराबाट काठमाडौं सम्म बा ८८ प ४५ ६५ नम्बरको स्कुटर आलोपालो चलाउदै आएका सिन्धुपाल्चोकका २१ वर्षीय आशिष रावत र काभ्रेपलाञ्चोकका ‍२० वर्षीय जिसन राजवंशीलाई लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै, भक्तपुरको सुर्यबिनायकका २६ वर्षीय विपिन सिल्पकारलाई पनि आजै प्रहरीले चेक गर्दा लागुपदार्थ सेवन गरेको पाइएपछी नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आएका आठै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलिले आज दिउँसो साढे ३ बजेदेखि साँझ साढे ६ बजेसम्म २५ ओटा सवारी साधन चेकजाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेका ८ जना चालकहरू फेला पारेको थियो ।

यसैगरी चैत २३ गते बिहीबार राति भएको ट्राफिक प्रहरीको चेकिङमा मादक पदार्थ सेवन गरी बा २ ज ५७ ०१ नम्बरको ट्याक्सी चलाउदै गरेका काभ्रेपलाञ्चोक घर भएका ३५ वर्षीय कालि बहादुर विश्‍वकर्मा र गण्डकी प्रदेश ०४ ००१ च ०० २३ नम्बरको एम्बुलेन्स चलाउदै गरेका तनहुँका ४० वर्षीय दिपक क्षेत्रीलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा आएका विश्‍वकर्मालाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त सिंहदरबार र क्षेत्रीलाई प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

 

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लामो समयदेखिनै ट्राफिक प्रहरीले कारबाही गर्दै आए तापनि पछिल्लो समय लागुपदार्थ समेत सेवन गरेर सवारी साधन चलाउने चालक भेटिन थालेपछि लागुपदार्थ चेकजाँच अभियानलाई तिव्रताका साथ अगाडी बढाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए  ।

मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना हुनुको साथै मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने गर्दछ । सवारी साधनका चालकले लागुऔषध सेवन गरी सवारी साधन चलाए/नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि.(THC) किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो ।