🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ढाकाकुमार श्रेष्ठसँग गरे रवि लामिछानेले छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसद ढाकाप्रसाद श्रेष्ठसँग विवादास्पद अडिओका विषयमा छलफल गरेका छन् । 

मन्त्री बन्न कोर टिमलाई दुई करोड बुझाउनुपर्ने भन्दै श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको टेलिफोन संवादको अडिओ सार्वजनिक भएको छ । जसले श्रेष्ठले इन्कार गरेका छन् । 

सोही विषयमा रास्वपाको अनुशासन तथा आचरण समितिले अध्ययन गरेर सभापति लामिछानेलाई मंगलबार बुझाइसकेको छ । यसबारे निर्णय लिन बुधबार बोलाइएको केन्द्रीय समिति बैठकअघि सभापति लामिछानेले श्रेष्ठसँग छलफल गरेका हुन् । 

सभापति रवि लामिछाने र उपसभापति डोरप्रसाद अर्यालले सांसद डा. श्रेष्ठसँग छलफल गरेका हुन् । आफूलाई कारबाही गरिए कोर टिमबारे सार्वजनिक गर्ने सांसद श्रेष्ठले चेतावनी दिएको भन्दै समाचार आइरहेका छन् ।