🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

संसदमा एमालेको प्रश्न : माओवादी लडाकुका नाममा नेतृत्वले लिएको ९५ करोड कहाँ गयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले लडाकुको नाममा लिएको ९५ करोड रुपैयाँबारे माओवादी नेतृत्वसँग जिज्ञासा राखेको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले अहिले प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयको विरोध गर्दै सेना समायोजनताका लडाकुको नाममा माओवादी नेतृत्वले लिएका ९५ करोड रुपैयाँ कहाँ गएको भन्दै प्रश्न गरेका हुन् । 

अन्मिनले अयोग्य प्रमाणीकरण गरेका लडाकुहरुलाई अहिले दुई दुई २÷२ लाख रुपैयाँ बाड्ने निर्णय तत्काल खारेज गर्नुपर्ने माग गर्दै उनले अनमिनले पुनः प्रमाणीकरण गर्दा एकीन नभएका २ हजार ४५१ जना लडाकुको नामा ९५ करोड रुपैयाँ माओवादी नेतृत्वले लगेको बताए । उनले सो रकम  कहाँ गएको प्रश्न गरे । 

शान्ति प्रक्रिया पूरा गर्न ध्यान नदिएर राज्य कोषबाट दोहन गर्ने काम स्वीकार्य नहुने चेतावनी दिँदै प्रमुख सचेतक गिरीले आर्थिक संकटमा रहेका बेला सरकारले ४ हजार ८०० बढी व्यक्तिलाई २ लाख रुपैयाँको दरले रकम बाँड्न लागेको बताए ।