🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लागुऔषधसहित चारजना पक्राउ

काठमाडाै‌ं । देशका विभिन्न स्थानबाट चारजना लागुऔषधसहित पक्राउ परेका  छन् । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ९ सय ग्रामसहित कैलाश गाउँपालिका-५ गोगने बस्ने ४२ वर्षीय राम बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

भैंसेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ००१ ख १७८२ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

कञ्चनपुरकाे बेदकोट नगरपालिका-९ सुन्दरपुर बस्ने २९ वर्षीय प्रकाश चन्द समेत दुईजनालाई अवैध लागुऔषध खैरो हेरोइन करिब १ ग्राम ३७ मिलिग्राम र १ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले  प्रकाशको कोठाबाट उक्त खैरो हेरोइन र गोलीसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

कैलालीकाे धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २७ वर्षीय किरण चौधरीलाई अवैध लागुऔषध ब्राउनसुगर करिब ३ सय ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनले लागुऔषध सेवन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उक्त ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।