🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आरजु राणा देउवा पुगिन् प्रहरीको साइबर ब्युरो

काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसकी नेतृ डा. आरजू राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडिओबारे छानबिनको माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी छन् ।

आफ्नो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा आफ्नोसमेत नाम जोडी कुराकानी गरिएको अडियो फेक रहेको दाबी गर्दै उनले उक्त अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन् ।

उनले आफ्नो निवेदनको बोधार्थमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संसद सचिवालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाम राखेकी छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेकी आरजुले ब्युरोमा दिएको निवेदन :

मिति : २०८०/०१/२७

श्री प्रमुखज्यू,
नेपाल प्रहरी साईबर व्यूरो भोटाहिटी, काठमाडौं

विषय : अडियोको बारेमा सत्य तथ्य सार्वजनिक गरी आवस्यक कारबाही सम्बन्धमा ।

विभिन्न संचार माध्यामहरुमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारीनै नभएको नक्कली भूटानी शरणार्थीका सम्वन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उदेश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोशी माथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निबेदन पेश गरेको छु ।

निवेदकको माग बमोजिम यथासिघ्र कारबाहीका लागि अनुरोध गर्दछु । साथै अडियोको रेकर्ड पनि यसैसाथ पेश गरेको छु ।

डा. आरजु राणा देउवा सदस्य, प्रतिनिधि सभा
तथा केन्द्रीय सदस्य, नेपाली कांग्रेस

बोधार्थ
श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय,
श्री संसद सचिवालय
श्री गृह मन्त्रालय
श्री प्रहरी प्रधान कार्यालय