🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मलेसियासँगको शृंखला उपाधि नेपाललाई

काठमाडौं । मलेसियासँगको टी–२० क्रिकेट शृंखलाको उपाधि नेपालले जितेको छ । आइतबार भएको पाँचौँ तथा अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले हराएसँगै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो ।  नेपालले श्रृंखला ३–२ ले जितेको हो । 

यसअघि नेपालले सन् २०२१ मा कतारविरुद्धको श्रृंखला जितेको थियो । त्यसपछि पहिलोपटक मलेसियासँगको श्रृंखला जितेको हो । 

आइतबार मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदा नै ७ विकेट गुमाएर भेट्टाएर उपाधि चुमेको हो । नेपालका लागि सीता राना मगरले े ३७ बलमा ६ चौकाको मद्दतले ३४ रन जोडिन् भने रुबिना क्षेत्रीले २३ तथा अप्सरी बेगमले १५ रन बनाइन् ।

मलेसियाका लागि अइना हमिजा हसिमले सर्वाधिक २ विकेट लिइन् ।