🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अफगानिस्तानकामा सुरक्षाकर्मी हताहत हुने क्रम घटेन

कान्दाहार, ४ साउन  : अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरको अन्त्यमा अफगान युद्ध सकिएको घोषणा गर्दै (नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन) नेटो र अमेरिकी सेना प्रायः अफगानिस्तान छोडेका थिए । यहाँ बाँकी रहेका केही नेटो आवद्ध र अमेरिकी सेनाले पनि तालिबान आतङ्ककारी समूहले अफगानिस्तानमा सुरक्षा प्रदान गर्दैैै आएका छन् । 

बाँकी रहेका सेनाले अफगान सुरक्षालाई तालिम दिने र सरसल्लाह दिनेमा बढी केन्द्रित रहेका छन् । सन् २०१५ को जनवरीबाट अफगान सुरक्षाबलले नै अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा लिएको जनाएको छ । तर पनि यहाँ सर्वसाधारण र सुरक्षाकर्मीको हताहत भने घटेको छैन । शुक्रबार मात्र पनि अफगानिस्तानको कुन्दुज प्रान्तमा सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएका छुट्टाछु«टै झडपमा आठ सुरक्षा अधिकारीको मृत्यु भएको छ । त्यसैगरी यस झडपमा १८ तालिबान आतङ्ककारी पनि मारिएका छन् । 

सन् २००१ मा अमेरिकाको न्युयोर्कस्थित ट्वीन टावरमा अल कायदाको आतङ्ककारी आक्रमणमा सयौँं निर्दोष व्यक्ति मारिएपछि उक्त सञ्जालका ओसामा बिन लादेनलाई खोजीगर्ने क्रममा अमेरिकी नेतृत्वमा नेटो सेना अफगानिस्तान प्रवेश गरेको थियो । तालिवान विरुद्धको युद्ध मैदानबाट नेटो सेना घर फर्किँदा उनीहरुमा जेजस्तो खुसियाली छाएको थियो, त्यसरी ढुक्क हुने अवस्था भने सबै अफगान नागरिकमा देख्न पाइएको छैन ।