🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, ३ असार (रासस) : प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ । मौसम बदलीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका आनुसार ‘मौसम र इनरुट वेदर’ बिग्रिएका कारण हवाई उडान प्रभावित भएको छ । अहिले भैरहवा, पोखरा, भरतपुर, तुम्लिङटारलगायत विमानस्थलको उडान प्रभावित भएको छ ।

विशेषगरी देशका पश्चिमी भेगका विमानस्थलमा उडान प्रभावित भएको एयरलाइन्सले जनाएका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले इनरुट वेदरका कारण पोखरा, भरतपुर भैरहवालगायत गन्तव्यको उडान डिले भएको छ । आज तुुम्लिङटार विमानस्थलमा कुनै पनि उडान हुन सकेको छैन । 
    

यी प्रदेशमा भइरहेको छ मनसुनी वर्षा

नेपालमा मनसुन प्रणाली देशभर फैलिने क्रममा रहेको छ । देशको पूर्वी तथा मध्य भू–भागमा मनसुन प्रणालीको प्रभाव रहनाका साथै बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसका कारण अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ । काठमाडौँमा साँझदेखि हल्का वर्षा भइरहेको छ । आज कोशी प्रदेश र गण्डकी प्रदेशका कतिपय स्थानमा भारी वर्षा भएको छ । बदलीसँगै वर्षाका कारण सो क्षेत्रको उडान प्रभावित भएको जनाइएको छ ।  

महाशाखको पछिल्लो विवरणमा आज सबैभन्दा बढी ताप्लेजुङ ४७, ओखलढुङ्गा ४०, धरान २२, पोखरा ३२ र जिरी २६ मिलिमिटर वर्षा मापन गरिएको छ । नेपालमा यस वर्षको मनसुन प्रणाली गत जेठ ३१ गतेदेखि नेपालको पूर्वी भाग भएर भित्रिएको हो ।
–––