🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१९औं एशियाली खेलकुदको तयारीमा जुट्दै नेपाली खेलाडी

आषाढ १४, २०८० बिहीबार ।

नेपालका दुई सय ३३ खेलाडी चीनमा हुने १९ औं एशियाली खेलकुदको तयारीमा जुटिरहेका छन् ।  २९ खेलका दुई सय ३३ नेपाली खेलाडीले चीनको हाङझाउ शहरमा आयोजना हुने एसियाडमा प्रतिष्पर्धा गर्न लागेका हुन् । चीनको होङ्झाउ शहरमा आगामी सेप्टेम्बर २३ देखि १९ औं एसियाड शुरु हुँदैछ ।

कोभिड महामारीका कारण एक वर्ष ढिला गरी हुन लागेको १९ औं एसियाड यस पटक भने निर्धारित समयमा नै हुने आशामा एशियाली राष्ट्रका खेलाडीहरू छन् । यसअघि सन् २०२२ को सेप्टेम्बरमा १० देखि २५ सम्म आयोजना हुने तय थियो । तर, चीनमा महामारी पैmलिएपछि प्रत्येक चार वर्षमा आयोजना हुनुपर्ने एशियाली खेलकुद प्रभावित हुन पुग्यो ।

हाङझाउ एसियाड आउन अब ८७ दिन मात्र बाँकी छ । आयोजना नजिकिँदै गर्दा नेपाली खेलाडीहरूले आफ्नो तयारी तिब्र बनाइरहेका छन् । यस पटक नेपालको तर्पmबाट कुल ५० जना प्रशिक्षकको प्रशिक्षणमा २३३ खेलाडीहरू १९ औं एशियाली खेलकुदको तयारीमा जुटिरहेका छन् ।

नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले आयोजना नजिकिँदै गर्दा खेलाडीको तयारीमा तिब्रता दिइएको बताउनु भयो । भारोत्तोलनका लागि वैदेशिक प्रशिक्षणको योजनामा रहेको पनि उहाँको भनाई छ । 

भारोत्तोलनका लागि नेपाली खेलाडी विशेष प्रशिक्षण गरिरहेका छन् । २९ खेलमध्ये गल्फ वैदेशिक प्रशिक्षण अन्तर्गत भारतको बैंग्लोरमा प्रशिक्षण गरिरहेको छ । अन्य केही खेल पनि वैदेशिक १९ औं एशियाली खेलकुद सचिवालयका सचिव प्रचण्ड शर्माले आगामी साउन १ देखि असोज ३ गतेसम्म खेलाडीलाई क्लोज क्याम्पमा राख्ने जानकारी दिनुभयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विगतका प्रदर्शन र नतिजाका आधारमा तीन खेल तेक्वान्दो, कराते र बक्सिङलाई पहिलो प्राथमिकतामा राखेर तयारी गराइरहेको छ । एशियाली खेलकुदमा यी तीन खेलले नै नेपाललाई पदक दिलाउँदै आइरहेका छन् ।    

१६औं एसियाडमा कांस्य पदक विजेतासमेत रहेका बक्सर दीपक महर्जनले नेपाली बक्सिङ टोलीले ढेड महिनादेखि राम्रो तयारी गरिरहेको बताउनु भयो । भारतीय प्रशिक्षकको नेतृत्वमा खेलाडीहरूले प्रशिक्षण गरिरहेको तयारी प्रभावकारी भइरहेको उहाँको भनाइ छ । 

हाल नेपाली बक्सिङ प्रशिक्षण टोलीका सदस्यसमेत रहेका महर्जनले पदक सम्भावनाका हिसावले सरकारले पहिलो प्राथमिकतामा राखेकाले आफूहरूले पनि सोही अनुरूप मेहनत गरिरहेको बताउनु भयो । तथापि, आवश्यक डाइटमा भने पर्याप्त सहयोग नभएको प्रशिक्षक महर्जनको गुनासो छ । 

गोङझाउ एसियाडमा आफूले राम्रो वैदेशिक प्रशिक्षण पाएकाले पदक जित्न सफल भएको उहाँ बताउनु हुन्छ । यस पटक पनि राम्रो वैदेशिक प्रशिक्षण पाएमा सरकारको योजनाअनुरुप नेपाली बक्सिङ टोलीले पदक दिनसक्ने प्रशिक्षक महर्जनको विश्वास छ । 

शुरुमा नेपालका २३ वटा खेलले एसियाडमा प्रतिष्पर्धा गर्ने तय थियो । यद्यपि, राखेपको ११६औं बोर्ड बैठकले खेल थप गर्दै नेपालका २९ वटा खेलका खेलाडीको प्रतिष्पर्धा गराउने निर्णय गरेको थियो । हालसम्म २९ खेलमध्ये २८ खेलको अन्तिम छनोट भइसकेको छ ।

यीमध्ये पुरुष क्रिकेट र इ स्पोर्टसको अन्तिम छनोट भइसकेको छैन । पुरुष क्रिकेट हाल जिम्बाबेमा विश्वकप छनोट खेलिरहेको छ । अर्को इ स्पोर्ट्स एसियाडमा छनोट हुनकै लागि अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गरिरहेको छ । 

अधिकांश खेलले विशेष प्रशिक्षण थालेका छन् । गत असार एक गतेदेखि विशेष प्रशिक्षणमा सहभागी खेलाडीलाई राखेपले दैनिक ९ सय र उपत्यकाबाहिरका खेलाडीलाई १६ सयका दरले भत्तासमेत प्रदान गर्दै आइरहेको छ ।

राखेप सदस्यसचिव टंकलाल घिसिङले खेलाडीहरूको तयारीबारे हरेक दिनजसो अनुगमन र निरीक्षण गर्दै आइरहनुभएको छ । यस क्रममा उहाँले खेलाडीको प्रशिक्षण, खुराक, स्वास्थ्य अवस्था, वैदेशिक प्रशिक्षण, प्रशिक्षण स्थलको अवस्था, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र खेलाडीको समस्यालगायत विषयमा जानकारी लिँदै आइरहनुभएको पनि छ ।