🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पहिलो पटक विकेटविहीन, सन्दीप आबद्ध सर्रे प्लेअफमा

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्स ग्लोबल टी-ट्वान्टी क्यानडाको प्लेअफमा पुग्न सफल भएको छ ।

२०८० साउन १६ गते मंगलबार राति अबेर सम्पन्न खेलमा ब्रैम्प्टन वुल्भ्सलाई ६ विकेटले पराजित गर्दै सर्रे एक खेल अगावै प्लेअफमा प्रवेश गरेको हो ।

ब्रैम्प्टनले दिएको १ सय २९ रनको लक्ष्य सर्रेले १८ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । तर, यस खेलमा नेपालका स्पिनर लामिछाने भने विकेटविहीन रहेका थिए । सन्दीपले ३ ओभरमा २५ रन खर्चिदा विकेट लिन सकेनन् । सन्दीप यस सिजनमा वर्षाले प्रभावित नभएको खेलमा पहिलो पटक विकेटविहीन बनेका हुन् ।

सर्रेको जितमा लिन्टन दासले ४५ बलमा ५९ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान ईफ्तिखार अहमदले अविजित ३८ रन बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको ब्रैम्प्टनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । उसका लागि कोलिन डि ग्रान्डहोमले ३४ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन बनाए ।