🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कञ्चनपुरमा चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या

महेन्द्रनगर, २० साउन (रासस) : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गए राति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँदका अनुसार दोधारा चाँदनी– ७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन् । प्रहरीले प्रेमबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको छ । 

“प्रारम्भिक अनुसन्धानबाट घरायसी बिबादमा श्रीमानले चक्कु प्रहार गरी हत्या गरेको देखिन्छ”, प्रहरी निरीक्षक साउँदले भन्नुभयो–“घटनाबारे थप अनुसन्धान भइरहेको छ ।” चक्कु प्रहारबाट गम्भीर घाइते द्रोपतीको उपचारका लागि प्राथिमक स्वास्थ्य केन्द्र दोधारा चाँदनी लैजाने क्रममा  बाटोमै मृत्यु भएको हो । 
–––