🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाबुरामले भनेः मेरो प्रम कालमा भएका सबै निणर्यहरूको निष्पक्ष छानबिन गरी  आवश्यक कारबाही होस् 

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो प्रधानमन्त्री कार्यकालमा भएका सबै निणर्यहरूको निष्पक्ष छानबिन गरी कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् । आइतबार सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा सरकारको जग्गा व्यक्तिको नाममा ल्याउने प्रक्रियामा संलग्न पूर्व प्रधानमन्त्री द्वय माधवकुमार नेपाल र भट्टराइलाई समेत अनुसन्धानको दायरामा ल्याउन आदेश दिएपछि उनले निष्पक्ष छानबिनको माग सहितको प्रतिक्रिया दिएका छन्। 

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले ललिता निवासलगायत जुनसुकै प्रकरणमा पनि मन्त्रिपरिषद् लगायत सबै तहबाट भएका निणर्यहरूमाथि निष्पक्ष छानबिन गर्न आग्रह गरेका हुन् । उनले लेखेका, ‘मेरो प्रम कालमा भएका सबै निणर्यहरूको निष्पक्ष छानबिन गर्न र आवश्यक कारबाही गर्न सरकार र सम्बन्धित निकायलाई मेरो विनम्र आग्रह छ ।’ 

उनले ललिलत निवास प्रकरणमा सर्वोच्चको निर्देशन अनुसार छानबिन भएमा  छानबिनका लागि पूणर् सहयोग गर्ने प्रतिवद्धता पनि जाहेर गरेका छन् ।  ‘ललिता निवास लगायत जुनसुकै प्रकरणमा राज्यका मन्त्रिपरिषद् लगायत सबै तहबाट भएका निणर्यहरू उपर निष्पक्ष छानबिन गरेर कानूनविपरीत, राज्यलाई नोक्सान हुने, निजी लाभ लिने ढंगले कार्य भए गरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानून अनुसार कारबाही गरिनुपर्छ र देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने मेरो आजीवन मान्यता र प्रतिबद्धता रहेको छ,’ भट्टराईले लेखेका छन् ।