🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्र प्रहरीद्वारा अविरल वर्षाको कारण बाढीमा फसेकाहरुको उद्धार

 काठमाडाैं । अविरल वर्षाको कारण देशका विभिन्न ठाउँहरुमा बाढीमा फसेकाहरुको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको बताएकाे छ । रौतहट जिल्लाको परोहा नगरपालिका ४ स्थित लाल बकैया खोलामा फसेका चार जनाको साउन २३ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

\"\"
        सोही नगरपालिका ४ बस्ने ४४ वर्षीय शेख हुसेन, ५९ वर्षीय शेख दाउत र ४५ वर्षीय समसुल शेख घाँस काटी फर्किने क्रममा एक्कासी पानीको वहाव बढी
खोलाको किनारमा फसेका थिए ।

सो बारे सशस्त्र प्रहरीले जानकारी पाउनासाथ सुरक्षा बेश फतुहाबाट विपद् उद्धार सामाग्रीसहित खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको जानकारी दिएकाे छ ।

        यसैगरी सर्लाही जिल्लाको धनकौल गाउँपालिका ४ मैनाथपुर खोलामा पानीको वहाव बढ्न गई अड्किएका १ सय ५० जनाको सशस्त्र प्रहरीले साउन २३ गते सकुशल द्धार गरेको छ ।

  घाँस काट्न गएका उनीहरु एक्कासी पानीको वहाव बढ्न गई अड्किएको भन्ने जानकारी पाउनासाथै नं. १० गण सर्लाहीबाट विपद् उद्धार सामाग्रीसहित खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

        त्यसैगरी डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका ४ पुन्तुरा खोलामा अड्किएका दुई जनाको साउन २३ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

        सोही ठाउँ बस्ने १८ वर्षीय महेश भाट र १३ वर्षीय तेज भाट खोला तर्ने क्रममा एक्कासी पानीको वहाव बढ्न गई खोलाको बिच भागमा अड्किएका थिए ।

        सो लगत्तै सशस्त्र प्रहरीकाे बिओपी परिगाउँबाट विपद् उद्धार सामाग्रीसहित खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको जानकारी दिएकाे छ  ।