🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाटो छेकेर काँग्रेस ‘कब्जा’ गर्ने गगन रणनीति कसरी सफल हाेला ?

  जब २०७९ मंसिर ४ को आम निर्वाचनमा काँग्रेस ठूलो पार्टी भएर गठवन्धन सरकार बन्ने परिस्थिति निर्माण हुँदै थियो, त्यतिबेला काँग्रेसका महामन्त्री गगन थापाको एक सूत्रीय रटान थियो- ‘३२ सिटेलाई प्रधानमन्त्री दिन हुँदैन ।’

गगन आफूले संसदीय दलको नेतामा लज्जास्पद हार बेहोरेपछि पनि अझै प्रधानमन्त्री म हुन्छु, मेरो पुस्ता हुनुपर्छ, भनेर काँग्रेस कार्यकर्ताले वेमौसमी बाजा बजाउँदै हिंडेको अवस्था प्रत्यक्ष देख्न र सुन्न पाइरहेका छन् ।

  अर्थात, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारको नेतृत्व छाड्न नहुने दबाब हुने गर्दथ्यो । ठूलो दलको हैसियतमा पार्टी सभापतिको नाताले सरकारको नेतृत्वका लागि दावी गर्दैगर्दा बिचमा गठवन्धन टुट्न पुग्यो ।

गठवन्धन भत्किनुमा खासगरी प्रचण्डको द्वैध चरित्र र धुत्र्याँईं नै प्रमुख कारण रहेको तथ्य घाम जत्तिकै छर्लङ्गै छ । गगनहरूले ३२ सिटेलाई प्रधानमन्त्री दिन हुन्न पनि भन्ने, सरकारको नेतृत्वको दावी गरेका कारण गठवन्धन भत्किएपछि फेरि ‘गठबन्धन जोगाउन सकेन’ भन्दै पार्टी सभापतिको विरोध गर्ने । यो कस्तो रवैया हो महामन्त्री गगज्यू ?

 

गगनहरू पार्टीमा बहुमतको निर्णय नमान्ने, बैठकका गोप्य कुरा पत्रकारलाई भनेर ‘हिरोइज्म’ देखाउने, सिनियरको सम्मान गर्न नजान्ने, पार्टीको कुनै पनि निर्णय प्रकृया नपर्खिकन वाह्य प्रभावमा चर्को बोल्ने जस्ता आलोचनाबाट पनि मुक्त हुन नसकेको अवस्था छ । आत्मैदेखि कांग्रेसको भलो चाहने अनि कांग्रेस पार्टीलाई बलियो बनाउनपट्टी भन्दा पनि सभापति देउवासँग तर्सेर खेदो गर्ने ध्याउन्नमै समय व्यतित भइरहेको छ ।

  बरु, गगन थापाहरुले  चुनाव अघि गठबन्धन पनि गर्न हुँदैन भनेका हुन् । यदि देउवाको बलबुतामा गठवन्धन नगरेको भए आज काँग्रेसको स्थिति के हुन्थ्यो ? अनुमानसम्म गर्न सकिन्छ । यति मात्र नभै काँग्रेसकै रणनीतिक चातुर्यताको उपज पछिल्लो समय गठबन्धन पुनः कायम भएपछि पनि कांग्रेस पार्टी खत्तम भयो, सकियो भनेर फेरि पनि सभापतिको विरोधमै धुपबत्ती बाल्ने ! वास्तवमा गगन समूहको यही दुई जिब्रे प्रवृत्तिका कारण कांग्रेस पार्टीभित्र अलमल र दुविधाको स्थिति ल्याएको छ ।  

   पछिल्लो समय तनहुँ- १ मा भएको उपनिर्वाचनमा काँग्रेस केन्द्रीय समितिले गगन थापालाई कमाण्डर बनाएर पठायो, तर कांग्रेसलाई जिताउन सकेनन् । कांग्रेस एक्लैले जितिराखेको ठाउँमा सिंगो सत्ता गठबन्धन लाग्दा पनि काँग्रेस कसरी पराजित हुन पुग्यो भनेर गगन स्वयम् ले अहिलेसम्म चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।

  तनहुँमा देउवाको हस्तक्षेप त पक्कै थिएन होला नि । प्रतिश्पर्धामा उतारिएका उम्मेदवार पनि स्थानीय रुपमा भिजेका उर्जावान युवा नै थिए । आलोचनामुक्त, संघर्षशील, सरदर भन्दा उपयुक्त राजनीतिक व्यक्ति नै थिए । यहाँ पनि अपजशको भारी देउवालाई बोकाएर पन्छिने क्रियाकलाप भए । उपनिर्वाचनमा असफलताको जिम्मेवारी स्वयम् महामन्त्री थापाले लिनुपर्ने हो कि होइन ? तर आफ्नो असफलतालाई ढाकछोप गर्न पार्टी सभापतिको असफलता भन्दै मिडियावाजी गर्दै हिंड्ने कर्म भयो ।

   त्यसपछिको काँग्रेस संसदीय दलको निर्वाचनकै सन्दर्भ हेरौं । गगन आफूले संसदीय दलको नेतामा लज्जास्पद हार बेहोरेपछि पनि अझै प्रधानमन्त्री म हुन्छ, मेरो पुस्ता हुनुपर्छ, भनेर काँग्रेस कार्यकर्ताले वेमौसमी बाजा बजाउँदै हिंडेको अवस्था प्रत्यक्ष देख्न र सुन्न पाइरहेका छन् ।

थापाजीले देउवालाई विस्थापित गर्दै आफू प्रधानमन्त्री हुने कुरा गर्दा काँग्रेस उपसभापतिलाई समेत नजरअन्दाजा गरेको देखिन्छ । जब कि, उपसभापतिहरु स्वयम् पार्टीभित्र लामो त्याग र योगदान गरेका नेताहरु हुनुहुन्छ ।

   यहाँ कुरा शेर वहादुर देउवाको मात्र होइन, यी पुस्तालाई अनदेखा र अवमूल्यन समेत भइरहेको छ । हुँदाहुँदा केन्द्रीय समितिको बैठक लाईभको विषयमा पनि सभापतिको विरोध भयो । विपक्षीदेखि दुनियाले तारिफ गरेको विषयलाई महामन्त्रीबाटै कम आँक्ने कार्य भयो ।

वास्तवमा काँग्रेस वैठकको लाइभ गर्ने विषयमा नेतृत्वको कुनै स्वार्थ थिएन । ठूलो दलको वैठकको पारदर्शिता र आम नागरिकलाई सूसुचित गर्ने सामान्य विषय थियो । अन्ततः यो पनि पाच्य भएन र विरोध भयो । यसले पनि गगनहरूकाे नियत झल्किन्छ ।    

गगनहरूले एकपटक होइन, दुई पटक होइन पटकपटक । काँग्रेसलाई केवल व्यक्तिगत महत्वकांक्षा पूरा गर्ने साधन बनाउन उद्दत भएको एउटा टुकडीका रुपमा थापा समूहको परिचय बनिसकेको छ । सभापति देउवालाई कमजोर बनाउने र विरोधका श्रृङ्खला चलाउने एक सूत्रीय रणनीतिले फाइदा कसलाई हुन्छ ?

कांग्रेसमा देउवा सफल भए भने हाम्रो औचित्य सकिन्छ भन्ने दृष्टिकोण नै गगन पक्ष देखिन्छ । अब दुईवटा विकल्पमध्ये एउटा विकल्प रोज्नुपर्ने भएको छ । कांग्रेसको बोली गगनले बोल्ने कि गगनका कुरा काँग्रेसले बोक्ने भन्ने । किन यो कथित गगन समूहले कसैलाई मान्दैन, गन्दैन ?   

गगनहरू पार्टीमा बहुमतको निर्णय नमान्ने, बैठकका गोप्य कुरा पत्रकारलाई भनेर ‘हिरोइज्म’ देखाउने, सिनियरको सम्मान गर्न नजान्ने, पार्टीको कुनै पनि निर्णय प्रकृया नपर्खिकन वाह्य प्रभावमा चर्को बोल्ने जस्ता आलोचनाबाट पनि मुक्त हुन नसकेको अवस्था छ । आत्मैदेखि कांग्रेसको भलो चाहने अनि कांग्रेस पार्टीलाई बलियो बनाउनपट्टी भन्दा पनि सभापति देउवासँग तर्सेर खेदो गर्ने ध्याउन्नमै समय व्यतित भइरहेको छ ।

   यथार्थमा यो गगन टुकडी सभापति देउवा र कांग्रेसको असफलतामा आफ्नो भविश्य सुनिश्चित देख्छ । नेतृत्वको विकल्प खोज्न भन्दै यो समूहले विभिन्न ठाउँमा पटकपटक भेला र छलफल गरेको घटनाक्रमले पनि यो तथ्यलाई पुष्टि गर्दछ ।

ती भेला र छलफलमा कहिल्यै विचार नीति र कांग्रेस बलियो बनाउने रणनीति देखिएन । त्यहाँ पार्टी सुदृढीकरणको विषयमा समीक्षा, विमर्श र छलफल भएको हुँदैैन । खाली देउवालाई धारे हात लगाउने र नेतृत्व छोड्नुपर्छ भनेर हुँईंया पिट्ने काम मात्रै भयो ।  

तथ्यहरु भन्छन्, पार्टीभित्र झण्डै दुईतिहाइ संस्थापन समूहकै रहे पनि हरेक निर्णय पूर्ण सहमतिकै आधारमा हुँदै आएको छ । काँग्रेसको आन्तरिक सन्तुलनकै कुरा गर्ने हो भने १४औं महाधिवेशनमा दुई महामन्त्री निर्वाचित हुने सुनिश्चितता सभापति देउवाकै लचकताको परिणाम थियो । तर, देउवाको यही लचकतालाई कमजोरीका रुपमा अपब्याख्या गर्ने काम भइरहेको छ । यो समूहले देउवाबाट पार्टी चलेन त भन्छ, तर देउवाको नेतृत्वमा कांग्रेस पार्टी एकढिक्का रहेको यथार्थलाइ देख्दैन ।

स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेस सभापति देउवाकै जोडबलमा गठवन्धन बनेको पनि सत्य हो । यसैको परिणामस्वरुप स्थानीय, प्रदेशदेखि संघसम्मै काँग्रेस दोस्रोबाट पहिलो पार्टी हुन संभव भएको छ । २०७४ मा २३ सिट जितेको कांग्रेस अहिले प्रत्यक्षतर्फ ५६ सिट जित्ने अवस्थामा पुगेको छ ।

  प्रत्यक्ष र समानुपातिकमा ८८ सिट सुरक्षित गर्न सफल छ । स्थानीय तह निर्वाचनमै पनि कांग्रेसले एमालेको लाल किल्ला ढाल्दै सय भन्दा बढी स्थानीय तहमा एमाले सिट खाेस्न सफल भएको छ । के यो जित नेतृत्वको हिसावले सभापति देउवालाई जनताले गरेको अनुमोदन होइन ? इतिहासप्रति इमान्दार हुन सकिएन भने स्पष्ट गन्तव्य पहिल्याउन सकिँदैन ।

देउवाकै नीति र नेतृत्वमा काँग्रेस ठूलो पार्टी भएको मात्र नभै गठबन्धन नै बहुमतको अवस्थामा पुगेको हो । यसैको प्रतिफलस्वरुप आज महत्वपूर्ण मन्त्रालयसहित सरकारमा जान संभव भएको हो । कांग्रेसको भूमिका प्रभावकारी भएन भनेर आलोचनामा उत्रिँदै गर्दा सभापतिलाई कहिले रचनात्मक सहयोग मिलेको छ भन्नेतर्फ पनि ध्यानदृष्टि दिनु जरुरी छ ।

  अनि महामन्त्रीको रुपमा निर्वाचित भएदेखि आफ्नो तहबाट पार्टीका लागि के कति काम भयो भनेर पनि आत्मसमीक्षा गर्नु आवश्यक छ ।     इतिहास पल्टाएर हेर्ने हो भने गगन थापाले जति अवसर पाउने नेपाली कांग्रेसमा सायदै कोही होलान् । उहाँभन्दा धेरै योग्यता, क्षमता र योदान भएकाहरु सांसद समेत हुन सकेका छैनन् ।

   पदको हिसाव लगाउँदा काँग्रेसको केन्द्रीय सदस्य, एक पटक समानुपातिकबाट सांसद, तीन पटक टिकट पाएर निर्वाचित सांसद, एक पटक स्वास्थ्य मन्त्री र काँग्रेसको महामन्त्री । पदीय हैसियत प्राप्त गरेर मात्र हुँदैन, पदीय गरिमा र मर्यादा राख्ने जिम्मा पनि उसैको हो । त्यो धरातल आफैले निर्माण गर्नु आवस्यक छ ।

  यसका लागि उत्तेजना, भावावेग र आक्रोश होइन आत्मानुसासनको खाँचो छ । पदलोलुपता र चरम महत्वकाँक्षाको रागले राजनीतिक यात्रालाई डिलतिर लैजान्छ भन्ने कुराको खासगरी युवा नेतृत्वले समयमै बुझन् ढिलाई गर्नु हुँदैन । अहिले पार्टीको प्रतिष्ठा कायम गर्न सबैबाट रचनात्मक सहयोगको खाँचो छ ।
(टिप्पणीकारकाे निजी विचार)