🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टीकापुर घटनाको मुद्दाको सुनुवाइ प्रक्रिया शुरु

धनगढी, ३० साउन (रासस) : झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दामा आज तोकिएको पेशीमा वादी प्रतिवादी पक्षका व्यक्तिसँग साक्षी बुझ्ने आदेश भएको छ । 

कैलाली जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईको इजलासले सो आदेश दिएको अदालतका स्रेस्तेदार इन्दबहादुर कठायतले बताए  । उक्त मुद्दामा आगामी भदौ २४ गते अर्को तारिख तोकिएको छ ।

न्यायाधीश भट्टराईको इजलासबाट उक्त मुद्दाको सुनुवाइ प्रक्रिया शुरु भएपछि सर्वसाधारणको चासो बढेको छ । टीकापुरमा भएको घटनासँग सम्बन्धित मुद्दा सरकारवादी फौजदारी हो । भदौ ७ गते टीकापुर घटना भएको तीन वर्ष पुग्दैछ । 

घटनाका अभियुक्तमध्ये २३ जना पुर्पक्षका लागि कैलाली कारागार र एक जना (रेशमलाल चौधरी) केन्द्रीय कारागार तथा अभियुक्तका आश्रित दुई बालकलाई पोखराको बाल सुधारगृहमा राखिएको छ । टीकापुर घटनाका ५८ अभियुक्त रहेकामा २२ जना अझै फरार रहेको अदालतका स्रेस्तेदार कठायतले बताए  । थरुहट-थारुवान राज्यको माग गर्दै भएको आन्दोलनका क्रममा विसं २०७२ भदौ ७ गते भएको झडपमा परी एक नाबालक र सात प्रहरीको मृत्यु भएको थियो ।