🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एसिया कपका लागि नेपाली टीम तयार छ : कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान रोहित शर्माले, एसिया कपका लागि नेपाली टोली तयार रहेको बताएका छन् । नेपाल क्रिकेट संघले खेलाडीको बिदाइका लागि आयोजना गरेको कार्यक्रममा पत्रकारसँग कुरा गर्दै पौडेलले, भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट क्रिकेट खेल्न आफ्नो टोली तयार रहेको भन्दै नतिजा आफ्नो हातमा नरहे पनि मैदानमा शतप्रतिशत प्रयास गर्ने दाबी गरे ।


‘धेरै समयदेखिको सपना साकार हुँदैछ । सबैजना तयार छन् । खेलको मजा लिनेछौं’, उनले भने, ‘रिजल्ट हाम्रो कन्ट्रोलमा छैन, तर प्रोसेस कन्ट्रोलमा छ ।’
इमर्जिङ कपको अनुभवलाई व्यवहारमा उतार्ने मौकाको रुपमा यो खेललाई लिएको उनको भनाई छ ।

उनले भने ‘हामी सबैले विश्वकप छनोट र इमर्जिङ कपबाट धेरै कुरा सिकेका छौं । खेलाडीहरुले आआफ्नो कमजोरीमा सुधार गरेका छन् । त्यसैले त्यो दिन बेस्ट क्रिकेट कसरी दिन सकिन्छ भन्नेमा फोकस्ड छौं, ।’

सर्टबलको सामना गर्न टोलीको रणनीतिबारे पत्रकार जिज्ञासामा उनले  भने ‘हामीले तयारी गरिरहेका छौं । सर्ट बलमा पुल हान्न नसके पनि अरु सटहरु खेल्न प्रयास गर्नेछौं । होपफुल्ली राम्रो हुन्छ ।’
त्यस्तै प्रशिक्षक मोन्टी देसाइले सर्ट बललाई समस्याको रुपमा लिन नहुने बताए ।

सर्ट बलमा विश्वका दिग्गज ब्याट्सम्यानरु पनि आउट हुने गरेको भन्दै उनले भने ‘सर्ट बलमा संसारका बेस्ट प्लेयरहरु पनि आउट हुन्छन् । म भन्छु कि प्लिज सट बल गर मेरा केटाहरुलाई । त्यसबेला उनीहरुको क्यारेक्टर देखिन्छ,।’

उनले अझैपनि नेपाली टोलीले धेरै समस्या भोग्नु परेको भन्दै प्राप्त स्रोत साधानको अधिकतम उपयोग गरेर राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताए । उनले भने ‘तिनीहरुको ठूलो इतिहास छ । हामीकहाँ धेरै समस्या छन् ।

 खेलाडीले पाँच-महिना लाइटबिना इन्डोर प्राक्टिस गरेको देखेको छु । एउटा मात्र बलिङ मसिन छ । क्यान म्यानेजमेन्टलाई पनि चुनौति छ । जति छ, त्यसको अधिकम सदुपयोग गर्ने हो ।’