🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एक महिनाभित्रमा स्वास्थ्यकर्मीको काज फिर्ता हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

नेपालगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एक महिनाभित्रै स्वास्थ्यकर्मीको काज फिर्ताको विषय टुंगिने दाबी गरेका छन् । बिहीबार नेपालगञ्जको भेरी अस्पतालको निरीक्षणपछि अस्पताल विकास समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्यकर्मीको काज फिर्ताको विषय टुंग्याउने बताएका हुन् ।  

पहुँच र भनसुनको भरमा मन्त्रालय र आफू अनुकूल ठाउँमा वर्षौदेखि काजमा बस्नेहरुलाई एक महिनाभित्रै आफ्नो दरबन्दीमा पठाउने बताउँदै उनले यसका लागि सरकारले काम गरिरहेको जानकारी दिए । वर्षाैँदेखि काजमा बस्ने परिपाटीले कतै चाहिएको भन्दा धेरै स्वास्थ्यकर्मी हुने र कतै स्वास्थ्यकर्मीको अनुहारै नदेखिने स्थिति आएको भन्दै उनले अब कााज फिर्ताको कामलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए ।