🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बसले ठक्कर दिँदा मृत्यु

गौशाला, ३ भदौ (रासस) : बिपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास सिन्धुली सडकखण्डमा बसले ठक्कँर दिँदा आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बर्दिवास नगरपालिका– ३ बस्ने ३५ वर्षीय नेत्रबहादुर स्माइली मगर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । 

सिन्धुलीबाट मोटरसाइकलमा दुईजना सवार भई बर्दिवासतर्फ आउदै गर्दा बर्दिवासबाट सिन्धुलीततर्फ जाँदै गरेको ना ३ ख ९९९९ नं को बसले कालापानीमा मोटरसाइकललाई ठक्कँर दिँदा चालक स्माइलीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । 

मोटरसाइकल पछाडि बसेका सिन्धुली कमलामाई नगरपालिका– ११ का इन्द्र आले मगर गम्भीर घाइते भएका छन् । उनको बर्दिबास जनसेवा अस्पतालमा प्राथमिक उपचार भइरहेको छ ।